पोखरा,![]()

तमु साँस्कृततिक प्रतिष्ठान नेपालको आयोजनामा तमु विद्यार्थीहरुका लागि लोक सेवा आयोग सम्बन्धमा एक दिने तालिम यही फागुन १३ गते, शनिबार पोखरामा सप्पन्न गरेको छ ।
संस्थाका अक्षयकोष दाता तथा आजिवन सदस्य, लेखक एकेन्द्र गुरुङद्वारा उद्घाटन भएको उक्त कार्यक्रममा १४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा वित्तीय संस्था सम्बन्धमा नेपाल राष्ट्र बैकबाट अवकास प्राप्त डिपुटी डाइरेक्टर तिलबहादुर गुरुङले अभिमुखिकरण गर्नुभएको थियो । लोक सेवा आयोगको पाठ्यक्रम सम्बन्धमा उच्च अदालत इजलास अधिकृत सुमिना गुरुङले र निजामती कर्मचारीको सेवा सुविधा सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका कम्प्युटर अपरेटर रुद्र गुरुङले प्रस्तुतीकरण दिनुभएको थियो । तमु समुदायका नयाँ पुस्तालाई सरकारी सेवामा कार्यरत गराउन प्रोत्साहन गराउने र समुदायमा जागरण ल्याउने उद्देश्यले आयोजित यस कार्यक्रममा विद्यार्थीलाई हौसला प्रदान गर्न लोक सेवा आयोगका पूर्व सदस्य तथा गण्डकी युनिभर्सिटीका संस्थापक कुलपति प्रा.डा. गणेशमान गुरुङ, प्रादेशिक प्रशारण रेडियो नेपालका निमित्त कार्यालय प्रमुख शान्ती गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ तथा महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, साहित्यिक मन्च नेपालका महासचिव रोश्नी गुरुङ, तमु सन्चारकर्मी संघ नेपाल कास्कीका
अध्यक्ष युग गुरुङ तथा सचीव सम्राट गुरुङ, मर्दी न्युजका प्रधान सम्पादक खड्कजङ्ग गुरुङ, रेडियो गोर्खालीका प्रतिनिधि बिनु थापा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमले आफुहरुलाई मार्गनिर्देशन गरि संस्थाले अभिभावकको रुपमा भूमिका खेलेको कुरा सहभागी विद्यार्थीहरुले बताए ।
संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ र सदस्य लोक बहादुर गुरुङले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै विद्यार्थीलाई उत्प्रेरित गराउनु भएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिव कन्चन गुरुङले सन्चालन गर्नुभएको थियो ।
Comments are closed.