
गतसाता मात्रै माध्यममिक तह अन्र्तगतको एसर्र्ईई परीक्षा सम्पन्न भएको छ । मुलुकभरका करीब चार लाख भन्दा बढी बिद्यार्थीले यो परीक्षा दिएका छन् । उच्च शिक्षाका लागि फलामे ढोका मानिएपनि विगत केहि सालयता ग्रेडीङ् प्रणालीमा लगिएसगै एसईई परीक्षा विद्यार्थीका लागि साधारण खुड््कीलोमात्रै बनेको छ । आफुले प्राप्त नतिजा अनुसारका संकाय र विषय पढ्न सकिने गरी अपनाईएको यो प्रणालीले कमजोर विद्यार्थीलाई समेत राहत मिल्ने गरेको छ ।
पछिल्ला केहि वर्षयता एसईई परीक्षा सकिएलगत्तै ब्रिजकोर्षका नाममा कक्षा ११ को तयारी कक्षा संचालन हुदै आएका छन् । विशुद्ध शैक्षिक नभई ब्यबसायीक उदेश्य प्राप्तीका लागि शहरका चोक चोकमा खुलेका ईन्स्टीच्युटहरुको विज्ञापन शैली हेर्दा त सबै विद्यार्थीले तयारी कक्षा अनिवार्य लिनुपर्ने भान बनाईदिएको छ । विगतमा उच्च मावि तहमा उत्कृष्ट नतिजा हासील गरेका विद्यार्थीको पढ्ने शैली र अनुभव सुन्दा तयारी कक्षा लिनै पर्छ भन्ने छैन । विद्यार्थीले घरमै बसेर लगावका साथ स्वअध्ययन गरेमात्रै पनि राम्रा भनिएका क्याम्पसमा छात्रवृत्तीस हित नाम निकाल्न त्यत्ति असजिलो छैन । यद्यपी माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरु न्ौ तयारी कक्षा संचालनको ब्यबसायमा संग्लग्न हुनुने भने आम बिद्यार्थी र उनीहरुका अभिभावकलाई सो खालको कक्षा लिनै पर्ने मानसिक दबाब समेत पर्दै आएको छ ।
त्यसो त तयारीकक्षा का लागि विद्यार्थीबाट लिईने शुल्क समेत सस्तो छैन । सबै विद्यार्थीका अभिभावक त्यसका लागि सक्षम पनि हुदैनन् । तसर्थ तयारी कक्षा लिएमात्रै आफ्ना नानीबाबु उच्च शिक्षालयमा राम्रो अंकका साथ नाम निकाल्न सक्षम हुन्छन् भन्ने सोच अभिभावकले पनि राख्नु हुदैन । जसले आम अभिभावकलाई आफु अन्य अभिभावक भन्दा कमजोर भएकोमा हिनताबोध हुने स्थिती आउन सक्छ । त्यस्तै अधिकमात्रामा विज्ञापन गरेर तयारी कक्षाका लागि विद्यार्थीलाई बाध्यकारी बनाउन खोज्ने ईन्सिटीच्युटलाई पनि सरोकारावाला निकायले निगरानी बढाउन जरुरी छ । बेलैमा त्यो नगरीए तयारी कक्षाका नाममा शैक्षिक बिकृती नबढ्ला भन्न सकिदैन ।
Comments are closed.