तरूण दलको पोखरा सम्मेलन।

पोखरा सुन्दर शहर हो।सुन्दर शहरमा, देश भरका सुन्दर युवाहरूको जमघट रहेको छ।दश दश वर्ष संम हुन नसकेको तरूण माहाधिवेशनलाइ सफल वनाउन  सम्पूर्ण तरूणहरू सुन्दर मन लिएर खटिरहेका छन।उनीहरूको खटाइमा लोकतान्त्रिक विधि र पद्धती नभए पनि भावना छ। काग्रेस विधि र पद्धतीमा भन्दा पनि भावनामा केन्द्रित पार्टि हो। त्यसैले तरूणहरू पनि भावनात्मक रूपमा काग्रेसलाइ अगाडि वढाउन चाहन्छन। यतिवेला तरूणहरू नेताले लगाइ दिएको टिकामा भन्दा प्रतिस्पर्धामा विश्वास गर्छन।तर वुढा नेताहरू चुनाववाट भन्दा सर्वसम्मत वाट नेतृत्व स्थापित गराउदा जनतामा एकताको सन्देश जाने कुरामा विश्वास गर्दछन।उनीहरूमा यो पनि विश्वास छ कि एकता वद्ध नेतृत्व भएमा अव आउने चुनावमा सजिलै संग अन्य दलहरू संग प्रतिस्पर्धा गर्न सकिन्छ।                                                     वि पी कोइराला तरूण हुदा नै नेतृत्वमा पुगेका थिए। उनले तरूणहरूमा ठूलो शक्ति देखेका थिए। तरूणहरूवाट नै राज्यमा केही न केही परिवर्तन हुन सक्छ भन्ने विश्वास लिएका थिए। युवाहरूलाइ राजनीतिको मुलधारमा ल्याउन सकेमा मात्र समाज परिवर्तन गर्न सकिने सपना देखेका थिए। उनी आशा गर्थे युवाहरूले पार्टिलाइ परेको वेलामा जस्तो सुकै संकट वाट पनि वचाउने छन। र लोकतन्त्रको संरक्षणमा लागि रहने छन। परेको वेलामा सल्हाह र सहयोग समेत दिन सक्ने युवा दस्ता वि पी को सपना हो।                                                   वि पीले आदर्शको रूपमा लिएका युवाहरूको माहाधिवेशनमा जोजोले नेतृत्व सम्हाल्ने मौका पाउछन तिनीहरू भोलिको नेतृत्व हो। राज्य संचालनको अवसर पाउने तरूण नेतृत्वलाइ सामान्य अर्थमा लिनु हुदैन।पार्टिमा सोझै असर पुर्याउन सक्ने भएकोले पनि नेताहरू सक भर आफ्नो मान्छेलाइ नेतृत्व सुम्पन चाहन्छन। राम्रो भन्दा पनि हाम्रो भन्ने प्रवृति वी पि को सपना विपरित हो तर पनि त्यसलाइ वर्तमानले त्याग्न सकेको छैन।                 माहाधिवेशनले के प्रस्ताव पारित गर्यो? कस्तो नीति लियो ? भावि रणनिती कस्तो हुन्छ? लगायतका विषयहरू चर्चामा रहेनन। देउवा रामचन्द्र सिटौलाहरूको नाम संग गासिएका केही थान युवाहरूको नाम वाहिर आयो वाकी सवै पोखराको सुन्दरता भित्र घुम घाम र  फोटो सेसन विताए। माहाधिवेशन आन्तरिक पर्यटनको राम्रो अवसर भयो।                                                            जे होस यो माहाधिवेशनले जुन सुकै प्रकृयावाट भए पनि एउटा जुझारू र स्वप्नादृष्टा नेतृत्व छनोट गरोस। भोलिको राजनीतिलाइ प्रत्यक्ष प्रभाव पार्न सक्ने नेतृत्व स्थापित होस। पोखरावाट छानिएको नेतृत्व भन्ने गौरव पोखरा वासीले पनि गर्न पाउन। पोखरामा भएका माहाधिवेशनहरू सफल हुन्छन भन्ने सन्देश सर्वत्र फैलिन सकोस। तरूणहरूको सम्पूण शक्तिलाइ एकमुष्ठ वधाइ छ।

Comments are closed.