तलबभत्ता विपन्नका लागि खर्च गर्नेछु : उमेदवार अधिकारी

पोखरा, २१ वैशाख ,

पोखरा महानगरपालिका वडा २४ कास्कीकोटका वडा अध्यक्ष पदका उम्मेदवार भरत बहादुर अधिकारीले आफु निर्वाचित भएपछि आफ्नो सेवा सुविधा गरिब, दलित तथा असाहय व्यक्तिहरुका लागि खर्च गर्ने प्रतिवद्धता जनाएका छन् ।

पोखरा २४ कास्कीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार अधिकारीले संचय कोषको स्थापना गरि आफुले पाउने सुविधा आर्थिक रुपमा विपन्न परिवारका लागि खर्च गर्ने प्रतिवता जनाएका हुन् ।

आफु निर्वाचनमा पराजित भएपनि विकासमा सदैव सर्मपित हुने उनले बताए । उनले पाँच वर्षमा जनप्रतिनिधिले पानी विनाका धारा ल्याएर जनताको आँखा छारो हालेको टिप्पणी गरे । वडा सकरारको नेतृत्व गरेकाहरु लिफ्टिङ खानेपानीका सपना बाँडेर जनता झुक्याउने खेलमा लागेको बताए ।

भ्रष्ट एमालेका जनप्रतिनिधिले खानेपानी, बाटो, शिक्षा, रोजगार र अनुदानमा समेत भ्रष्टचार गरेको उनले बताए । काम गर्न नसकेपछि कास्कीकोट लिफ्टिङ खानेपानी योजनामा गठबन्धनले रकम काटेको आरोप लगाएर उनिहरु दायित्वबाट भागेको उमेदवार अधिकारीले बताए ।

गलत प्रवृति र पात्रलाई मतदान गरि कास्कीकोटको विकास पछाडी नधकेल्न उनले आम मतदातालाई अपिल समेत गरेका छन् ।

Comments are closed.