ताप्लेजुङको बजारमा आगलागी, ३५ घर जलेर नष्ट

फाल्गुण १८, २०७७ ः ताप्लेजुङ जिल्लाकोे दोभान बजारमा एका बिहानै आगलागी भएको छ। मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा बिहान ९ बजे बाट सुरु भएको आगलागीले अहिले सम्म करिव ३५ वटा घर जलेको थाहा हुन आएको छ दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ। सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किन पुगेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताएका छन्। आगो नियन्त्रण गर्न अहिले दमकलको प्रयोग गरिएको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । आगालागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाकी छ ।

Comments are closed.