ताप्लेजुङ आगलागीः ४४ घर ध्वस्त, ११८ परिवार विस्थापित,३० करोडको क्षति

2ताप्लेजुङ, १० चैत/ सोमबार साँझ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट घरबाहेक ३० करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । विपत ब्यवस्थापन समितिका अनुसार वाट ४४ घरमा पूर्ण क्षति पुगेको छ । ३५ जनाका ३७ घर जले भने आगो नियन्त्रणमा लिन ७ घर तथा टहरा भत्काइएको थियो ।

होटल, पसल तथा डेरा गरी बस्ने १ सय १८ परिवार विस्थापित भएका छन् । आगलागीले ४ सय ६५ जनालाई बासबिहीन बनाएको छ । समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौलाका अनुसार विस्थापितलाई जिल्ला विकास समिति, सामुदायीक भवन र उद्योग वाणिज्य संघको भवनमा वस्ने प्रवन्ध मिलाइएको छ । आगलागिले सरकारी तर्फ स्थानीय शान्ति समिति, जिविस उर्जा तथा वातावरण शाखा कार्यालय जलेका छन् ।

साँझ ६ः४५ वजेतिर सुरु भएको आगो नौ वजे आंसिक नियन्त्रणमा आएको थियो । पूर्ण नियन्त्रणमा भने विहान दमकलले पानी हालेपछि मात्रै आएको हो । तोक्मेडाँडाँ क्षेत्रमा आगो वड्ने ठाउँ नभएपछि र सदरमुकाम क्षेत्रमा भीम मीश्रको तीन तले घर माथीवाट सयौं मान्छेले ढुङगामाटो हानेर राती आगो फैलन नसक्ने वनाएका थिए । सेना, प्रहरी र स्थानियवासी रातभरीनै सडकमा बसेका थिए ।

Comments are closed.