पोखरा १४
जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ स्थापित सफलता मिडिया प्रालि
द्धारा संचालित रेडियो सफलताको आयोजनामा भएको नवौ सफलता तीज गीत
प्रतियोगितामा नमुना आमा समुह हेम्जा प्रथम भएको छ । यस्तै द्धितिय कमल
जोशी आमा समुह, तृतियमा कामधेनु दिदीबहिनी समुह हेम्जा, सान्त्वना
महिला क्लव पोखरा, उत्कृष्ट नृत्य वडा बाल मञ्च पामे, उत्कृष्ट भेषभुषामा
समृद्धि दिदीबहिनी समुह हरिचोक वगर, र अनुशासन मासबार आमा समुह विजयी
भएका छन् । गण्डकी प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय
सँगको सहकार्यमा भएको नवौ तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार रु
२०,००० द्धितिय पुरस्कार रु १५,००० तृतिय पुरस्कार रु १०,००० सान्त्वना पुरस्कार रु
५,००० उत्कृष्ट भेषभुषा २,००० उत्कृष्ट नृत्य २,००० र अनुशासित टिमलाई
रु २,००० प्रदान गरिएको छ । प्रतियोगितामा २३ समुहले भाग लिएका थिए ।
यसवर्ष समृद्दिका लागि पर्यटन, पर्यटनमा महिला सम्वन्धी विषयवस्तु छनौट
गरिएको थियो । यस वर्ष गण्डकी प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण
मन्त्रालय सँगको सहकार्यमा कार्यक्रम गरिएको हो । स्थापनाकाल देखीनै
निरन्तर गर्दै आएको सफलता तीज गित प्रतियोगीताको नवांै संस्करण
शनिवार रेडियोको प्राङ्गण मासबारमा गरियो । नेपालको पर्यटकको आगमन
बढाई विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने र समष्टिगत आर्थिक
विकासमा योगदान पुर्याउने लक्ष्यका सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक
पर्यटन वर्ष रुपमा मनाइरहेको छ । कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य
माननीय प्रभा कोइराला र माननीय ललितकला गुरुडको विशेष आतिथ्यतामा
भएको हो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य माननीय प्रभा
कोइरालाले रेडियो सफलताले नाम अनुसारको काम गरिरहेको प्रसशा गर्दै
समय सान्दर्भिक बिषय बस्तु उठान गरी पर्यटनमा टेवा पु¥याएकोमा खुशी
व्यक्त गर्नुभयो । माननीय ललितकला गुरुडले रेडियो समुदायमा
सान्र्दभिक गतिविधिलाई समेटेर अगाडी बढेकोमा खुसी व्यक्त गर्नुभयो
। साथै उहाँले रेडियोका हरेक गतिविधिलाई साथ दिने प्रतिवद्धता समेत व्यक्त
गर्नुभयो । रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीको
अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ७ का
अध्यक्ष रामचन्द्र बराल, अन्नपूर्ण बाल तथा महिला अस्पतालका अध्यक्ष विश्व
घिमिरे, विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शकर खराल लगायतले
बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक पार्वता पौडेलले गर्नु
भएको कार्यक्रममा धन्यवाद ज्ञापन रेडियो सफलताका कार्यक्रम संचालक
शिवराज बस्ताकोटीले गर्नुभएको थियो।
कार्यक्रममा पोखरामा रहेर १५ वर्ष भन्दा बढी पत्रकारिता पेशामा
क्रियाशिल पत्रकार महिलालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुने
पत्रकारमा सुश्मा पौडेल, विमला भण्डारी, जमुना शर्मा वर्षा, सरिता तिमिल्सेना
पंगेनी, शिला गुरुड, इन्दिरा गुरुड, शान्ति गुरुड, राधिका कडेँल, कञ्चन
थापा, गोमा घिमिरे रुचि, ईश्वरी पौडेल, पार्वती पौडेल, कविता श्रेष्ठ,
नरमाया रसाइली, गिता लामिछाने विष्ट लगायतलाई सम्मान गरिएको थियो ।
साथै सोही कार्यक्रममा साहित्यकार तथा गायिका चन्द्रावती वाग्ले र सामाजिक
व्यक्तित्व अम्विका भागवत् नेपाल फाउण्डेशनका संरक्षक अम्विका
नेपाललाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा लामो
समयदेखि रेडियोमा कार्यरत संचारकर्मी तथा गायक नारायण भट्राईलाई
सम्मान गरिएको थियो
Comments are closed.