काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान पदमा भर्ना खोलेको छ । विभिन्न कारणले रिक्त रहेका प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्न मंगलबार आवेदन माग गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले तीनसय ४२ जनाका लागि भर्ना खुल्ला गरेको हो । प्रहरीका अनुसार खुल्लातर्फ एकसय ८४, अमर/अशक्ततर्फ सात, आदिवासी जनजातितर्फ ४८, मधेशी ४२, महिला ३०, दलित २३ र पिछडिएको क्षेत्रका लागि आठवटा कोटा छुट्याएको छ ।
प्रहरी जवान पदमा आवेदन दिन चाहनेले ७२ वटै जिल्ला प्रहरी कार्यालयका साथै पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवलबाट अावेदन दिन पाउनेछन् ।त्यस्तै मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगञ्ज, सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल, तथा महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुरबाट आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Comments are closed.