तीन दलले गरे सात प्रदेशमा सहमति, गच्छदारले गठबन्दन तोड्ने

४ भदौ, काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीले सीमांकनसहितको सात प्रदेशको सहमति गरेका छन् । विशेष समितिको बैठक सात प्रदेशमा सहमति जुटाएका हुन् ।

नयाँ सहमतिमा ६ प्रदेशमा भएको १ देखि ५ प्रदेशलाई कायमै राखिएको छ । तीन नम्बर प्रदेशमा ठोरी गाविस थपिएको छ ।

पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्लारभूभाग रहने गरी ६ नं प्रदेश र कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नं प्रदेशमा रहने भएको छ । प्रदेशहरुको विस्तृत सीमांकन संघीय आयोगले गर्ने सम्वाद समितिका सभापति डा। बाबुराम भट्टरार्इले बताए ।

 

आन्दोलनको घोषणा गर्दै  गठबन्दन तोड्ने गच्छदारको निर्णय

४ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीसँगको सहकार्य तोड्ने निर्णय गरेको छ ।Bijay-kumar-Gachhadarउसले केहीबेरमा पत्रकार सम्मेलन गरेर आन्दोलनमा जाने औपचारिक घोषणा गर्दैछ ।

साढे ४ बजे संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गरेर तीन दलसागको एकता भंग भएको घोषणा गरिने सभासद रामजनम चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार आन्दोलनमा जाने निर्णय राजनीतिक समितिबाट भइसकेको छ । ‘हामी कुनै पनि कुरा सुनुवाइ हुँदैन भने साक्षी किनारा मात्र बस्दैनौं’ उनले भने-थारु र मधेसी जनता आन्दोलित भएका छन् । हामी पनि आन्दोलनमा जान्छौं ।’

६ प्रदेशको सीमांकनमा सहमति गर्दा तीन दलका नेताहरुलाई गच्छदारलाई मुस्किलले मनाएका थिए । थारुहरुको माग सम्बोधन गर्ने आश्वासन पाएपछिट उनले फरक मत सहित हस्ताक्षर गरेका थिए ।

तर, दलहरुले सात प्रदेशमा सहमति गर्न लाग्दा पनि कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिममा र झपा, मोरङ, सुनसरीलाई पूर्वमा राख्ने पक्का जस्तै भएपछि गच्छदारले तीन दललाई साथ नदिने भएका हुन् ।

Comments are closed.