तीन लाख ८0 हजारमा कार,सुजुकीले ल्यायो ‘नयाँ सुरुवात’ योजना

पोखरा हटलाईन
पोखरा,८ असार

सुजुकी गाडीको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले ‘नयाँ सुरुवात’ योजना सार्वजनिक गरेको छ ।
बतासले नयाँ गाडी किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले सो योजना अन्तर्गत सरल फाइनान्स स्किम ल्याएको जनाएको छ। सो योजनामा ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउन पेमेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरीद गर्न सक्ने मारुती सुजुकी डिपार्टका प्रवन्धक नवराज अधिकारीले जानकारी दिए ।
यस योजनामा डाउन पेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौ सय १३ रुपैयाँ र कमर्शियल मोडेल खरिद गर्दा मात्र नौ हजार सात सय ३४ रुपैयाँदेखि मासिक किस्ता तिर्नुपर्ने अधिकारीले बताए । “फरक सुजुकीका मोडेलमा फरक डाउन पेमेन्ट र मासिक किस्ता लागू हुनेछ, फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट र अधिकतम दुई लाख रुपैया एक्सचेन्ज भ्यालुएसन समेत प्रदान गर्नेछ ।” अधिकारीले भने ।
कम्पनीले एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्स सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । हाल कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले नेपाली ग्राहक अन्यौलमा परेको र आफ्नो परिवारको सुरक्षा अहिले सबैको प्राथमिकताको विषय रहेकाले सुरक्षाका लागि र कार खरिद गर्ने सपनालाई साकार बनाउन सुजुकीको अफरले मद्दत गर्ने अपेक्षा गरिएको छ ।

Comments are closed.