नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् ।
बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् ।
तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ ।
तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् ।
विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो ।
तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ ।
यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।
रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो ।
अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो । तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन ।
तर, सेलिब्रेटीहरुको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन् ।
Comments are closed.