माघ २०७६,पोखरा ।
पोखरामा “तेश्रो स्व। रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता”हुने भएको छ । प्रतियोगिता माघ ६ देखि ११ गते सम्म पोखरा स्थित पुरानो टुँडीखेल मैदान बगरमा सञ्चालन हुन आयोजकले विहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान फुटवल प्रतियोगीता आयोजना गर्दै आइरहेको बगर भाई खलकले यस वर्ष पनि तेसैलाई निरन्तरता दिँदै उक्त प्रतियोगिताको आयोजना गरेको बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।
पाका र यूवा पुस्ता बिच खेलाडीहरुको सम्वन्ध लाई विस्तार संगै खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाउन प्रतियोगिताको मुख्य उद्देश्य रहेको गुरुङले बताए । उनले भने, हामी यस प्रतियोगिताको माध्यमबाट तिन वटै पिंढीलाई जोड्न चाहन्छौ, तेसैले ४० वर्ष देखि ६५ वर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयाँ पिंढीलाई खेलकुद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यो प्रतियोगिताको आयोजना गरेको हो । साथै उनले यो प्रतियोगिता नेपाल मै पहिलो भएको र यस प्रतियोगीतावाट प्रभावित भै २०७२ सालदेखि हेटौडा,काठमाण्डौं, विरगन्जले पनि यस्तै प्रतियोगिता सुरु गर्दै आएको बताए ।
प्रतियोगिताको नवौं संस्करणमा छिमेकी राष्ट्र भारतका दुई टिम सहित काठमाण्डौं, विरगन्ज, हेटौढा, चितवन, वुटवल, कैलाली लगायत स्थानिय टिम गरी करिब २८ टिम विच प्रतिस्पर्धा हुने अध्यक्ष गुरुङले बताएका छन ।
प्रतियोगितामा बिगत ३ ४ वर्ष देखि पुरस्कार राशीमा बृद्धि नभएकाले यस वर्षबाट पुरस्कार राशीमा १० हजार वृद्धी गरिएको अध्यक्ष गुरुङले बताएका छन । प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार विजेताले नगद रु। १ लाख ११ हजार रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप विजेताले नगद रु। ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी यस वर्ष देखि सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ ।
त्यस्तै उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु। ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु। १० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याच लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व अन्तर्रा्ष्ट्रिय खेलाड तथा प्रशिक्षक खड्क बहादुर रानाभाटलाई प्रमाणपत्र एवं दोसल्ला सहित सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नका लागि संस्थाका अध्यक्ष श्री दिल बहादुर गुरुङको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १३ वटा उपसमिति समेत गठन गरेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १४ लाख ५० हजार खर्च लाग्ने र १७ लाख आम्दानी गरिने लक्ष्य रहेको आयोजकले जनाएको छ । आठौं संस्करणको प्रतियोगीतामा ए।वि।सी।, पोखराको टिम विजेता रहेको थियो ।
Comments are closed.