तेस्रो लोक कवि अलिमिया स्मृती ७ ए सेभेन ए साइड फुटबल प्रतियोगितालाई भव्यताका साथ सफल पार्न नगद रकम सहयोग

पोखरा हटलाइन,
मनिषा लामिछाने ,

यहि मिति २०७८ माघ ८ देखी २५ गते सम्म आयोजना गर्न लागिएको तेस्रो लोक कवि अलिमिया स्मृती ७ ए सेभेन ए साइड फुटबल प्रतियोगितालाई भव्यताका साथ सफल पार्नका लागि मियमपाटन निवासी (हाल कतार) रहनु भएका श्री फजलदिन मियाँ ज्यूले नगद रु २५,००० सहयोग गर्नुभएको छ ।

फुटबल प्रतियोगिताको लागी सहयोग नगद रकम रु १०,००० (दश हजार) र कब्रस्थान सरसफाईका लागी रु ५,००० (पाचँ हजार) सहयोग गर्नुभएको छ, साथै  विगतका कार्यबाट प्रभावित  भइ यस समितिका अध्यक्ष श्री अब्बास अलि ज्यूलाई सम्मान स्वरुप नगद रु १०,००० (दश हजार)  प्रदान गरीएको छ । यस सहयोगको लागी नेपाल मुस्लिम युवा समिति परिवारले सहयोगी मनहरुलाई धन्यवाद गरेको छ ।

 

 

Comments are closed.