तेह्रौं संस्करणको आहा रारा गोल्ड कप माघ तेस्रो साताबाट

13th-aaharara-goldcup-640x430पोखरा, ७ पुस/ मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कप माघ तेस्रो साताबाट हुने भएको छ । आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि तेह्रौ संस्करणको आहा रारा फुटबल प्रतियोगिता माघ २० देखि फागुन २ गते सम्म संचालन हुने जानकारी गराएको हो । यसअधि सहाराले माघ पहिलो साताबाट गर्ने बताएको भएपनि एन्फा कास्कीले संचालन गर्ने मनकामना पोखरा कपको मिति जुधेपछि मिति परिर्वतन गदै माघ तेस्रो साताबाट गर्ने तयारी गरेको सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले बताउनु भयो ।‘प्राविधिक कारणले कारण मिति सारिएएको हो’ उनले भने ।
“खेलकुदको विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ”भन्ने नारा सहित पोखरा रगंशालाको फुटबल मैदानमा संचालन हुने प्रतियोगितामा नेपालका ए डिभिजनका क्लबहरु, पूर्वाञ्चल, पश्चिमाञ्चल, आयोजक सहारा र विदेशी क्लब सहित १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता, उपविजेता टिमले नगद,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिलाई टि.भि.एस मोटरसाइकल, उत्कृष्ट टिमकोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरलाई नगद सहित ट्रफि प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेण्डरलाई पनि नगद पुरस्कार सहित ट्रफि प्रदान गरिने अध्यक्ष आचार्यले बताए ।
प्रतिगोगिताबाट कविर ९५ लाख ९७ रुपैयाँ आम्दानी र ७३ लाख ३५ रुपैयाँ खर्च हुने अनुमान गरिएको र त्यसबाट करिव २२ लाख ६२ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष आचार्यले जानकारी दिए । गोल्ड कपबाट वचत रकम सहारा एकेडेमीमा रहेका बालकहरुको पालनपोषणमा खर्च गरिने उनले बताए । ‘प्रतियोगिताबाट २२ लाख वचत गर्न सके एक वर्षको एकेडेमीको खर्च धान्न सहज हुने छ’ आचार्यले भने । वि.स. २०५८ सालमा क्याराभान गोल्ड कपबाट सुरु भएको प्रतियोगिता २०५९ सालदेखि हिमश्री फुड्सको मुख्य प्रायोजनमा आहा र एघारौबाट आहा राराको नाममबाट संचालन हँुदै आएको छ ।press met

Comments are closed.