पोखरा, १० पुस/ नेकपा एमाले कास्कीले तोकिएकै मिति माघ ८ गते सविधान निर्माणको लागि जनमत बनाउन पुष १८ गते जनसभा गर्ने भएको छ । राज्यको पुर्नसंरचना, साशकिय स्वरुप र निर्वाचन प्रणाली बारे नेकपा एमालेको आधिकारीक धारणा कार्यकर्ता तहमा पुराउने पोखरा सभा गृहमा वृहत कार्यकर्ता भेला गर्ने लागेको हो ।
केन्द्रीय कमिटिको तेसे्रा वैठकको फैसला अनुसार एमालेले प्रमुख सहरहरुमा जनसभा गर्न लागेको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीको १० औ पूर्णवैठकले वृहत कार्यकर्ता भेलालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिएका हुन् । सविधान सभामा सहमतीकै आधारमा सविधान निर्माणको लागि हदैसम्मको लचकता अपनाउने निर्णाय गरेको छ । अधिकतम प्रयास गर्दा पनि सहमती हुन नसके मतदान प्रक्रियामा गएर सविधान जारी गर्नु पर्ने एमालेको मान्यता छ । पोखरामा गरिने वृहत कार्यकर्ता भेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न एमाले कास्कीले जनपरिचालन प्रचार प्रसार, मञ्च व्यवस्थापन उपसमिति गठन गरेको छ ।
कार्यकर्ता भेलामा अत्याधिक सहभागिता जुटाउन एमाले कास्की मातहतका क्षेत्रिय कमिटि, ईलाका कमिटि, नगर, वडा तथा शाखा कमिटिहरुको बैठक बसी योजना बनाउने प्रचार विभाग प्रमुख अधिकारीले बताए । कार्यकर्ता भेलामा स्थायी समिति पोलिटव्यूरो चयन पछि नेकपा एमालेमा भएको एकमना एकतालाई तल्लो स्तरमा पु¥याउन गरिने सभामा एमालेका उपाध्यक्ष विद्या भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको वैठकमा केन्द्रीय सदस्य मायानाथ अधिकारी कास्कीका पूर्व सचिव पुण्य पौडेलले मन्तव्य राखेका थिए ।
Comments are closed.