काठमाडौ, वैशाख १५ ( त्रिभुवन विश्वविद्यालयले भूकम्पका कारण वैशाख महिनाभित्र सुचारु सबै परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
स्थगित परीक्षाहरु कानुन संकायअन्तर्गतका तीन वर्षे एलएलएम, दुई वर्षे पीजी साइकोलोजी र पाच वर्षे बिए एलएलएम छन् । ‘अकल्पनिय भूकम्पले गर्दा वैशाख महिनाभित्र सञ्चालन गर्ने सबै परीक्षा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ,’ सहनियन्त्रक शंकर भण्डारी भने, ‘त्यसनिम्ति राष्ट्रिय संकट हटेलगत्तै अर्को सूचना दिइने छ ।’ त्रिविको अरु तहको परीक्षा जेठ १४ गतेबाट मात्र हुनेछ । ती परीक्षा यथावत रहेको जनाइएको छ ।
नियन्त्रण कार्यालयमा क्षति
भूकम्पले राजधानीको बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयको क्षति पु¥याएको छ । अधिकांश कार्यालय चर्किएका छन् भने झ्यालका सिसा फुटेका छन् । ‘भवन जिर्ण बनेकोले परीक्षा नियन्त्रण कार्यालयमा रहेर काम गर्ने वातावरण छैन,’ सहनियन्त्रक शंकर भण्डारीले भने, ‘र कार्यालय वरिपरि हाता खुल्ला ठाउ“मा सर्वसाधारणले बास बस्न दिएका छौं ।’
Comments are closed.