पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदि माथी स्काइ रोप साइक्लिङ निर्माण गरेको छ । काठमाडौबाट सत्तरी किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सन्चालक उद्वब कंडेलले बताए ।
‘एक करोड लगानीमा साइक्लिङ तयार भएको छ ।’ कंडेल थप्छन् ‘ यसमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुबैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ हो ।’
दुइतर्फी दुरि तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिब्यक्ती एक हजार रुपैया र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने कंडेलले जानकारी दिए ।
र्याफ्टिङ, कायकिङ, क्यानोनिङ समेत सन्चलन गर्दै आइरहेको रिसोर्टले त्रिशुली नदि वारपार गर्ने गरि जिपलाइन समेत निर्माण गरेको छ । आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने कंडेलले बताए ।
पैंतीस रोपनीमा फैलिएको रिसोर्टमा आवासको लागी टेन्टेड क्याम, रिभर भ्यु कटेज र एसि डिलक्स रुम उपलब्ध छन् । रिसोर्टमा स्विमिङ पूल सँगै बारबिक्यु र शुक्रबार, शनिबार डिजे पार्टीको समेत मजा लिन सकिन्छ ।
Comments are closed.