थपिदै अटेरी उम्मेदवार!


पोखरा ।

अटेरी उम्मेदवारको संख्या दिनानुदिन थपिदै छ । स्थानीय तहलाई दल रहित बनाउने उद्देश्य बोकेर पोखराबाट सुरु भएको अटेरी अभियानमा उम्मेदवारी दिनेको संख्या बढ्दै गएको हो । हालसम्म देशभर १ सय ५० जनाले आउदो स्थानीय तहबाट उम्मेदवारी घोषणा गरि सकेका छन् । पोखराबाट मात्रै १२ वडामा अटेरी उम्मेदवारी घोषणा भएको छ । ।।।तपाईंहरुलाई थाहै छ, अहिले अटेरी अभियानमा सामेल हुनेको संख्या दिनहुँ बढी रहेको छ । देशभर डेढ सय बढीको उम्मेदवारी घोषणा गरि सक्नु भएको छ,’ अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले भने, ।।।अरु साथीहरुसँग पनि सल्लाह हुँदै छ । १९ गते अरु साथीहरुको पनि उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ ।’ स्थानीय तहमा कस्तो खालको विकासको मोडल बनाउन सकिन्छ भन्ने विषयमा अहिले व्यापक छलफल पनि चलि रहेको उनले बताए । पोखराबाट गनेस पौडेलले पोखरा महानगरको मेयर पदमा उम्मेदवारी घोषणा गर्दै सुरुआत गरेको यो अभियान अहिले देशव्यापी बनेको छ ।    पोखराका १२ वडा मध्ये ३, ६ , १०, ११, १३, १४, २०, २१, २४, २५, २६ , २८ वडामा अटेरी अभियानको उम्मेदवारी घोषणा भई सकेको छ ।

Comments are closed.