थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु, १७५७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ छ ।सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ ।। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ४६३ पुगेको छ ।

Comments are closed.