पोखरा, १९ चैत
क्रान्तिकारी पत्रकार संघ कास्कीले स्थापना तथा संचालन गरेको थमन–महेश पत्रकारिता पुरस्कार २०७२ वितरणका लागि प्रतिभा छनौट समिति गठन गरेको छ । समितिमा वरिष्ठ पत्रकार कोमलनाथ बराल, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय पार्षदद्धय बिश्व प्रकाश लामिछाने, वेदनिधी तिमिल्सीना क्रान्तिकारी पत्रकार संघ कास्कीका संयोजक त्रिभुवन पौडेल र संघका केन्द्रीय सदस्य गोमा घिमिरे रुची रहेका छन् ।
संघले हरेक बर्ष कृष्ण सेन स्मृति दिवसका अवसर पारेर जेठ १३ गते रु. २५ हजार एक रुपैया राशी, ताम्र पत्र र दोसल्ला सहितको पुरस्कार प्रदान गर्दै आएको छ । पोखरामा रहेर स्वाभिमान साप्ताहिकमा पत्रकारिता गरेका शहिद पत्रकारद्धयको सम्झना चिरकालसम्म गर्ने उद्धेश्यले संघले स्थापना गरेको पुरस्कारबाट, पत्रकारद्धय कोमलनाथ बराल र महेश्वर दाहाल सम्मानित भैसकेका छन् । जनयुद्धका समयमा राज्यपक्षबाट महेन्द्रपुल क्लवबाट बेपत्ता बनाएर हत्या गरिएका जनादेश साप्ताहिक र जनदिशा दैनिकका तत्कालिन सम्पादक कृष्ण सेन इच्छुकको स्मृति दिवसका दिन पुरस्कार प्रदान गरिनेछ ।
Comments are closed.