पोखरा, १० चैत- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूको निषेधको राजनीतिले गर्दा नयाँ संविधान निर्माणमा अवरोध भएको बताएका छन् । राष्ट्रिय पत्रकार समाज नेपाल कास्कीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले विगतमा भएका राजनीतिक सम्झौताको प्रसंग उठान गर्दै भने, विगतमा गिरिजा दरबारसँग सम्झौता गरेर प्रधानमन्त्री भएको दाबी गरे ।
२०६२/०६३ को जनआन्दोलनपछि राजा र दलहरुबीच सहमति भएको बताउँदै उनले राजनीतिक दलहरुसँग संवैधानिक राजतन्त्र राख्ने सहमति भएको खुलासा समेत गरे । अहिले संविधानसभाबाट प्राप्त भएको दोस्रो संविधानसभाले पनि समयमै संविधान दिन नसक्दा जनतामा नैराश्यता आएको बताउँदै उनले यसमा ठूला दलहरुनै दोषी भएको प्रष्ट पारे । राप्रपा र राप्रपा नेपालबीच एकीकरणको लागि वार्ता भइरहेको जानकारी दिँदै उनले देशमा शान्ति सुव्यवस्था र आर्थिक समृद्धिका लागि एक राष्ट्रवादी शक्तिको खाँचो भएको औंल्याए ।
Comments are closed.