बाँके,१४ भाद्र । नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्य एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा आज बिहिबार विहान अचेत अवस्थामा भेटिएका छन् ।
थुना कक्षमा अचेत अवस्थामा भेटिएका बाँकेको पिप्रहवा घर भएका राम मनोहर यादवलाई बर्दिया प्रहरीले तत्काल उपचारका लागि जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भाव नभए पछि थप उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगंजमा भर्ना गरिएको छ ।
भेरी अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डन डाक्टर प्रकाश थापाले यादवको उपचारमा कुनै कमी नराख्न अधिकारकर्मीहरुको उपस्थितीमा डाक्टरहरुलाई निर्देशन दिदै अचेत अवस्थामा रहेका यादवको शरीरमा एक्कासी देखिएको समस्याको पहिचानका लागि एम आई आर तत्काल गरी आईसीयूमा राख्न निर्देशन दिनु भयो ।
डाक्टर थापाले यादवलाई प्रेसरका कारण उक्त समस्या भएको हुन सक्ने बताउदै यादवको अवस्था चिन्ता नजक रहेको बताउनु भयो ।
यता यादव जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा एक्कासी अचेत भएको जानकारी पाए लगत्तै तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) उप प्रादेशीक कार्यालय नेपालगंजका प्रमुख आलम खान भेरी अञ्चल अस्पतालमा पुगी जानकारी लिनु भएको छ ।
अस्पताल परिसरमा संचारकर्मीहरु संग कुरा गर्दै थर्ड एलायन्सका प्रमुख खानले मानसिक वा शारीरिक बिरामी परेका थुनुवा वा कैदहरुलाई सरकारिया चिकित्सकद्धारा उपचार गराउनु पर्ने कारागार ऐन २०१९ को दफा ११ मा उल्लेख गरिएको बताउदै उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले नै व्यहोर्नु पर्ने बताउनु भयो ।
खानले भेरी अञ्चल अस्पतालको आईसीयू खाली नभएकोले शिक्षण अस्पताल नेपालगंजमा रिफर गरिए पनि यादवको अवस्था चिन्ता जनक हुदै गए पछि प्रहरीले यादवको उपचारका क्रममा मृत्यु भयो भने परिवारले नै जिम्मा लिनु पर्ने भनी उपचार रोकेर जबरजस्ती कागज गराउन खाजिएको कार्यको घोरनिन्दा गर्दै तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धीत सबै संग अपिल गर्नु भयो ।
यता जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा बन्दी जीवन बिताई रहेको अवस्था एक्कासी अचेत हुदा समेत प्रहरी गम्भीर नहुनु चिन्ताको विषय भएको बताउदै थर्ड एलायन्सका प्रमुख खानले प्रहरी थुनुवाहरुको स्वास्थ्य प्रति सम्बेधनशील नभएको बताउनु भयो । उहाँले थुनुवाहरुको स्वास्थ्य प्रति गम्भीर हुन सम्बन्धीत पक्ष संग अपिल गर्नु भयो ।
Comments are closed.