थ्रि स्टार र पुलिस उपाधी होडमा

3star vs apf

पोखरा, २ माघ
थ्रि स्टार क्लबले मनकामना केबुलकार पोखरा कपमा दोस्रो पटक फाइनल प्रवेशको यात्रा तय गर्दा सशस्त्र प्रहरीको एपीएफ क्लब प्रतियोगिताबाटै बाहिरिएको छ । पोखरा रगंशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा थ्रि स्टार क्लबले एपीएफलाई १—० गोलको कठिन नतिजा निकाल्दै उपाधिका लागि नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।

अव उपाधिका लागि माघ ३ गते शनिबार थ्रि स्टारले पुलिसको समाना गर्ने छ ।थ्रि स्टारलाई फाइनल प्रवेश गराउन कप्तान सन्तोष साहुखलले पेनाल्टी मार्फत गोल गरे । उनको गोल नै निर्णायक बनेपछि थ्रि स्टार दोस्रंो पटक उपाधि होडको यात्रा गरेको हो । थ्रि स्टारले क्वारटफाइनलमा आयोजक पोखरालाई १—० कै कठिन नतिजा निकाल्दै सेमिफाइलन खेलेको हो भने एपीएफ क्वाटरफाइनलमा हङकङको एभरेष्ट क्लबलाई सडनडेथमा ४—३ गोलले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

नेपाली राष्ट्रिय फुटबलका कप्तान सागर थापा, सन्तोष साहुखल, सन्दिप राई, जगजित श्रेष्ठ, निराजन खड्का, विदेशी खेलाडी एलविस र भिक्टर जस्ता स्टार खेलाडि लिएर मैदान उत्रिएको थ्रि स्टारलाई एपीएफ विरुद्ध गोल गर्न ३९ मिनेट पर्खनुप¥यो । ३८ औं मिनेटमा एलविसलाई एपीएफका खेलाडी आदित्य चौधरीले डिबक्सभित्र लडाएपछि रेफी श्रवन लामाले पेनाल्टीको सिट्ठी फुके । पेनाल्टी प्रहार गरेका साहुखलले ३९ औं मिनेटमा गल्ती नगरि बललाई पोष्टमा छिराए ।

अन्तत त्यो गोल नै थ्रि स्टारका लागि वरदान सावित भयो । पेनाल्टी गोल मार्फत हौसिएको थ्रि स्टारको खुशी तिन मिनेटमै निराशामा बदलियो । पहिलो हाफको इन्जुरी समयमा एपीएफका हेम गुरुङले प्रहार गरेको कर्नरलाई डिवक्स भित्र रहेका थ्रि स्टारका बिक्रम लामाको ह्याण्ड भएपछि रेफी श्रवन लामाले पेनाल्टीको संकेत गरे । पेनाल्टी प्रहार गरेका एपीएफका कप्तान गणेश लावती चुकेपछि वरावरी गर्ने अवसरबाट चुक्दै सेमिफाइनलबाटै प्रतियोगिताबाट विट मार्न पुग्यो । त्यसैको एक मिनेट अगाडि हेम गुरुङले डिवक्सभन्दा बाहिर पाएको फ्रिकिकलाई थ्रि स्टारका गोलरक्षक किरण चेम्जोङले पञ्च बचाउगदै क्रसबारमाथिबाट बाहिरिएपछि कर्नरको अवसर पाएको थियो । खेलको ७ औ मिनेटमा विजय गुरुङले गरेको प्रहारलाई एपीएफका राजेन्द्र रावलले गोललाइन नजिकैबाट बचाउ गरेपछि अग्रता लिने अवसर गुम्यो ।

पहिलो हाफमा थ्रि स्टारले पाएको अवसरलाई सदुयोग गरेपनि एपीएफले अवसरबाट चुकेपछि फाइनल पुग्ने सपना चकनाचुर भयो । दोस्रो हाफमा थ्रि स्टारले गोल थप्न सकेन् भने एपीएफले गोल गर्ने प्रयास गरेको भएपनि सफल हुन सकेन् । पाएको पेनाल्टी सदुपयोग गर्न नसकेका कप्तान गणेश लावतीलाई मैदानबाट बाहिर निकाल्दै अञ्जन विष्टलाई मैदान पठाएपनि रणनीति सफल हुन सकेन । ८७ औं मिनेटमा नविन लामाको प्रहार सेकेण्डबार हँुदै बाहिरियो । खेलमा म्यान अफ दी म्याच किरण चेम्जोङ घोषित भए ।

थ्रि स्टारका प्रशिक्षक अञ्जन केसीले खेलाडीहरुको खेलबाट सन्तुष्ट रहेको प्रक्रिया दिए । ‘एपीएफ फिट टिम हो, हराउनु थियो हरायौं’ उनले भने ‘पहिलो भन्दा दोस्रो खेल सुधारिएको हो ।’ उनले पाएका अवसर गुम्दा थप गोल हुन नसकेको र पहिलो हाफमा भएको एक गोलले प्रेसरमा खेल्नु परेको बताए । सहायक प्रशिक्षक जिवेश पाण्डेले खेलको प्रतिक्रिया दिँदै खेलाडीले राम्रो खेलेको बताउँदै सानो गल्तीले पेनाल्टी हुँदा गोल खाएको बताए । उनले पेनाल्टी पनि खेर जानु पनि हारको कारण भएको बताए ।

Comments are closed.