दलहरु माफी माग !

दलहरुले आlogoफुले बाचा गरे अनुसार माघ ८ गते मुलुकमा संविधान जारी गर्न असफल भएका छन् । संविधानसभाको चुनावमा एक बर्षमै संबिधान दिने प्रतिवद्धता व्यक्त गर्ने राजनैतिक दलहरु आपसी झगडामा अल्झिएर, संविधान त दिएनन्, झन् जनतामा निराशा आउने काम गरीरहेका छन् । मुलुकमा गणतन्त्र स्थापना भएर अन्तरिम संविधान जारी भएको एक दशक पुग्न केही बर्ष बाँकी हुँदा दलहरुले दुई पटक संविधानसभाको चुनाब गरीसके । अझै पनि उनिहरुले साझा बिन्दु पहिल्याएर संविधान जारी गर्न सकेका छैनन् ।
हो, जनतामा दलहरु प्रति बितृष्णा जाग्न थालेको छ । युवा पंक्तिमा राजनैतिक दलहरुले गर्दा, देश बिग्रेको हो भन्ने खालको भावना तिब्र रुपमा पैदा हुन थालेको छ । अझ राजनैतिक दलहरुले जसरी पहिला आफ्ना सांगठनिक गतिविधीहरु युवाहरु माझ नै गर्दथे, त्यसमा पूर्णबिराम लागेको छ । जसले गर्दा युवाहरुमा राजनिती प्रति चासो र चिन्ता हुन छाडेको छ । बरु बाहिर आएको हल्लाको भरमा उनिहरु राजनीति भनेको घृणित खेल हो भन्ने निष्कर्षमा पुगिरहेका छन् । यो मुलुकको विकास र अग्रगमनका लागि झन् डर लाग्दो अवस्था हो । यसले दक्षिपन्थी शक्तिलाई नै सहयोग पु¥याउनेछ ।
जसले जे भनेपनि, विश्वका बिकशित राष्ट्रहरुको उन्नती त्यस देशको राजनैतिक स्थिरताले नै भएको छ । त्यहाँका राजनेताहरुले नै मुलुकलाई समुन्नतीमा डोराएका छन् । भन्नुको तात्पर्य राजनीतिक दलको बिकल्प अरु हुन सक्दैन । एक बर्षमा संबिधान दिन नसकेकोमा, सम्पूर्ण राजनैतिक दलहरुले जनता समक्ष सामूहिक माफी माग्नुपर्छ । उनिहरुले आफुहरुको के कमजोरीले गर्दा संविधान जारी हुन सकेन ? भनेर जनताका समक्ष स्पष्ट पार्न आवश्यक छ । साथसाथै अब कहिलेसम्म संविधान जारी गर्न सकिन्छ भनेर एउटा सामूहिक खाका पनि तयार गर्न आवश्यक छ । त्यसो भएमा जनतालाई उनिहरुप्रति आश गर्ने ठाउँ बाँकी रहन्छ ।

Comments are closed.