पोखरा
मानव अधिकारका लागि जनमञ्च पिपुल फोरम कास्कीले बिभिन्न सरोकारवाला निकायसंग बुधबार समिक्षा बैठक सम्पन्न गरेकाको छ । उक्त समिक्षा बैठकमा आप्रवासी कामदारको न्यायमा पहुच पु¥याउने उद्देश्यले गैरसरकारी संघसंस्थाले चलाएकका अभियानलाई स्थानिय निकायले सहयोग गर्ने कुरा स्थानिय बिकास अधिकारी दामोदर भण्डारीले बताए ।
सुरक्षित आप्रवासनका लागि सचेतनामुलक कार्यक्रम गर्दै आएको पिपुल फेरम र सामी परियोजनाका कार्यक्रम कास्कीका सबै क्षेत्र पु¥याउनु पर्नेमा अधिकारी भण्डारीले जोड दिए । सुरक्षित आप्रवासन सम्बन्धी कास्कीका ८ गाबिस पोखरा उपमहानगरपालिकाका दुई वटा वडामा संचालित छन् । उक्त अवसरमा जिल्ला प्रशासन कार्यालय, पोखरा उपमहानगर पालिका, जिल्ला शिक्षा कार्यालय श्रम कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग कास्की जिल्ला बार एशोशिएसन उच्च अदालत बार एशोशिएशन र पत्रकारको सहभागिता रहेको थियो । छलफलका क्रममा बेदेशिक रोजगार पीडितहरु ठगिनुको मुख्य कारण गैरकानुनी काममा बिश्वास गर्ने र रातारात बिदेश जान खोज्ने बैदेशिक रोजगारदाता कम्पनी र दलालको फन्दामा परेर बिश्वास गर्ने गरेको बताएका थिए ।
Comments are closed.