पोखरा, २६ साउन/दलित समुदायले संविधानमा अधिकार सुनिश्चितताको माग गर्दै पोखरामा मंगलबार दुई घण्टा चक्काजाम गरेका छन् । संविधान निर्माणका लागि दलहरुवीच सहमति भैरहेको र प्रदेश विभाजन समेत गरिएको अवस्थामा दलितहरुले आफ्नो अधिकार पनि सुनिश्चित हुनुपर्ने माग गर्दै कास्कीका विभिन्न राजनीतिक दलसंग आवद्ध दलित संघसंगठनहरु चरणबद्ध आन्दोनलमा उत्रिएका हुन् । आन्दोलन अन्र्तगत उनीहरुले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए भने आज पोखरामा चक्काजाम गरेका छन् ।
संयुक्त दलित संघर्ष समितिले आह्वान गरेको दुई घण्टा चक्काजामका कारण सवारीसाधन ठप्प भए । संविधानमा दलित अधिकार सुनिश्चित हुनुपर्ने, छुवाछुट र भेदभाव अन्त गर्नुपर्ने र दलितले पनि समान अधिकार पाउनुपर्ने लगाएतका नाराबाजी सहित सिटी जुलुस प्रर्दशन गर्दै विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा चक्काजाम गरेका हुन् । दलितले आह्वान गरेका चक्का जामका कारण पोखराका मुख्यचोकहरुमा यातायात नचल्दा यात्रुले समस्या भोग्नु पर्ेको थियो । मुख्यचोकमा आन्दोलनकारीले यातायातका साधन चल्न रोक लगाएपनि भित्रि सडकहरु हुँदै सवारी साधन चलेका थिए ।
दलित समुदायले संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपुर्तिस्वरुप संघमा तीन प्रतिशत, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने, दलित–दलितबीच प्रतिस्प्रधा गर्ने छुट्टै निर्वाचत क्षेत्र सुरक्षित गरिनुपर्ने लगायत माग राखेर आन्दोलनमा उत्रिएका छन् ।
संयुक्त दलित संघर्ष समिति कास्कीले आन्दोलनलाई सशक्त बनाउनका लागि धनबहादुर नेपालीको संयोजकत्वमा एकहजार एक सदस्यीय समिति गठन गरेर आन्दोलन सुरु गरेको छ । समितिमा विभिन्न राजनीतिक दल निकट भातृ संघसंगठन, जातीय समाज एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरु सम्मिलित छन् ।
Comments are closed.