रिहा हुँदै गर्दा महेन्द्रले भने–‘गुण्डा भएको प्रमाण ल्याए कार्वाही भोग्छु’
पोखरा ८ चैत / प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ओजन डिस्को एण्ड बारका संचालक महेन्द्र गुरुङ (भोटे) सहित १३ जना आइतबार रिहा भएका छन् । गत फागुन २३ गते लेकसाइडमा रहेको ओजन डिस्कोमा भएको झडपमा प्रहरी जवान भीम रानालाई कुटपिट गरेको आरोपमा कास्की प्रहरीले संचालक गुरुङ सहित कर्मचारीलाई पक्राउ गरि सार्वजजिक मुद्धा र तिन जनालाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको थियो । सार्वजनिक मुद्धामा परेका १३ जना जनही दशदश हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । ज्यान मुद्धा लागेका दुइ जना अझै फरार छन् भने एक प्रहरी हिरासत मै छन् ।
आइतबार रिहा हुनेहरुमा संचालक महेन्द्र गुरुङ, राजु गुरुङ, शिशिर भुजेल, कृष्ण रानामगर, जीवन ओली, रोशन थापा, रविन गुरुङ, अर्जुन गुरुङ, गोपी गुरुङ, शुसिल गुरुङ, सोम गुरुङ, हरि अधिकारी र दिलबहादुर गुरुङ रहेका छन् । पक्राउ परेको १५ दिनपछि आइतबार जिल्ला प्रशासनबाट उनीहरुलाई रिहा गरिएको हो । डिस्कोमा सरोज भट्टराई लगायतको समुहले आफु माथि आक्रमण गरेपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीले छुट्याउने क्रममा प्रहरी जावन रानाको टाउकोमा चोट लागेको संचालक गुरुङले बताए ।
गुरुङले आफु गुण्डा नभएको बताएका छन् । रिहा भए लगत्तै उनले एक विज्ञप्ति सार्वजनिक गर्दै आफु गुण्डा नभएको र यदी गुण्डा भएको आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका हुन् । ‘गुण्डा कस्तो ब्यक्तिलाई भनिन्छ त्यस बारेमा मलाई कुनै जानकारी छैन् । म ब्यवसाय गरी युवाहरुलाई रोजागरी दिएका कारण गुण्डा भएको हुँ ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘यसको स्पष्ट जवाफ आरोप लगाउनेहरुले दिन सक्नुपर्छ । मैले गुण्डागर्दी गरेको प्रमाण लिएर आए म जस्तोसुकै सजाय भोग्न तयार छु ।’
उनले उक्त घटनालाई लिएर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताए । घटना बारे खुलाउदै उनले भने,‘गत फागुन २३ गते राती डिस्कोमा दुई पक्षवीच भएको झडपको बास्तविक घटना नबmुझीकन संचार माध्यमबाट प्रकाशित समाचारप्रति दुःखी छु ।’ ओजन डिस्को बारको साइडमा विजीबी क्याफेका संचालक सरोज भट्टराईले एक मणिपाल शिक्षण अस्पतालको चिकित्कस बताउने भारतीय चिकित्सकलाई कुटपिट गरियो भनेको र सो क्रममा छुट्याउन जाँदा सरोज भट्टराई र उनका सहयोगीहरुले उल्टै आफुमाथि आक्रमण गरेको बताएका छन् ।
Comments are closed.