दश गजलकार विशेष गजल वाचनमा

11025773_818808408154335_4595194905990063386_n

पोखरा २२ फागुन
गजल सन्ध्या पोखराले देशका विभिन्न ठाउँका दश गजलकारलाई विशेष गजल वाचनमा उभ्याउने भएको छ । ‘गजलको उत्थान हाम्रो अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै खुलेको सन्ध्याले यही फागुन २३ गते शनिबार देशका विभिन्न ठाउँ र विभिन्न उमेर समुहको प्रतिनिधित्व हुने गरी विशेष गजल वाचन गर्न लागेको हो ।
आदर्श नेपाल दैनिकको सहकार्यमा हुन लागेको विशेष गजल वाचनमा कास्कीबाट सरस्वती प्रतिक्षा, किसान, लमजुङबाट ईश्वरमणी अधिकारी, स्याङ्जाबाट शिव पलाँस, नवलपरासीबाट प्रतिक्षा सस्मित, चितवनबाट गिता पौडेल, कैलालीबाट एमपी केयरलेस, विवेक विषालु, झापाबाट केशव भट्टराई र दाङबाट सन्दिप गौतम लगायतले गजल वाचन गर्नेछन् ।
विभिन्न क्षेत्र र विभिन्न उमेर समुहका गजलकारद्वारा लेखिएका गजलहरु मार्फत कार्यक्रमबाट नयाँ स्वाद दिन लागिएको सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाले जानकारी दिए । कार्यक्रममा विशुद्ध नयाँ र फरक स्वादका गजल वाचन हुने अध्यक्ष ढुङ्गानाको भनाई छ । पोखराको फेवा दोहोरी साँझमा हुने कार्यक्रमले पोखरेली गजललाई टेवा पु¥याउने र कार्यक्रमको अन्तिम तयारी भैरहेको कार्यक्रम संयोजक सुमन लम्सालले बताए ।
नेपाली साहित्यलाई प्रवद्र्धन र अझ उचाई दिनका लागि संचारमाध्यमले पनि सहयोग गर्नुपर्छ भन्ने हेतुले गजल वाचन कार्यक्रममा सहयोग गरिएको आदर्श नेपाल दैनिकका व्यवस्थापक सौगात पोख्रेलको भनाई छ । साथै सन्ध्याले फागु पूर्णिमा अर्थात होलीका अवशरमा आज साहित्यकारकाबीच सामुहिक होली मनाउने कार्यक्रम पनि राखेको छ । २०५९ सालमा गजलको विकास र प्रवद्र्धनका लागि स्थापना भएको गजल सन्ध्या पोखराले विभिन्न समयमा गजल विशेष कार्यक्रम, प्रत्येक बर्ष गजल प्रतिभा पुरस्कार प्रदान, गजल संग्रह प्रकाशन लगायतका काम गर्दै आएको छ ।

Comments are closed.