पोखरा २६ चैत । पोखराको पुरानो बसपार्कस्थित सुकुम्बासी बस्तीमा अचम्मको यौनसम्बन्धको घटना भएको छ । स्थानीय २० बर्षीय युवकले १० बर्षकी नाबालिकालाई केही समयदेखि लगातार फकाएर करणी गरेको खुलासा भएको हो । तर, यो घटना प्रहरीसमक्ष पुगेपछि, दुवैतर्फका परिवारले युवक र बालिकालाई लुकाएका छन् ।
युवक र बालिकाका परिवार एकै घरमा बस्ने भएकाले सुरुसुरुमा युवकले ललाईफकाई जबरजस्ती करणी गर्ने गरेको भएपनि पछिल्लो समय भने सहमतिमै यौन सम्बन्ध हुने गरेको पाईएको छ । तर, कानुन अनुसार १६ बर्षभन्दा कम उमेरकी बालिकामाथी सहमति मै यौन सम्बन्ध भएपनि जर्बजस्ती करणी मानिन्छ ।नेपाली थर भएका युवकले लगातार दश बर्षकी बालिकालाई यौनसम्बन्ध राख्दै आएको घटना छिमेकीको माध्यमबाट प्रहरी समक्ष पुगेपछि, प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
“बालिकाको परिवारले पनि घटनालाई गुपचुप राख्ने प्रयास गरिरहेका थिए” घटनाको बारेमा जानकार एक प्रहरीले भने “छिमेकी र केही महिला अधिकारकर्मीको आग्रहमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो ।”उनीहरुले यस्ता घटना लुकाउँदा जबरजस्ती करणी तथा बलात्कारका घटनाले प्रश्रय पाउने भन्दै ती युवकलाई जसरी भएपनि कार्वाही हुनुपर्ने माग राखेका छन् ।
बालिकाकी आमाले भने यो बिषयलाई एकदमै हल्का रुपमा लिएको र प्रहरी कार्यालयमा पनि मदिरा सेवन गरेर पुगेकाले घटनाको अनुसन्धान गर्न समस्या भएको स्रोतले बतायो ।कास्की प्रहरीले युवक र बालिका दुवैका आमालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर एक दिनभर राखेपछि, बिहीबार आ–आफ्ना छोराछोरी लिएर आउने शर्तमा छाडिएको छ ।
Comments are closed.