दिपलव स्नुकर क्लब च्याम्पियनसिप टुर्नामेन्ट २०७८ हुने,प्रथम पुरस्कार नगद रु एक लाख

मनिषा लामिछाने,
पोखरा,
दिपलव स्नुकर क्लब बाग्लुङ बसपार्क-२ पोखरा, कास्कीले पहिलो पटक ‘दिपलव स्नुकर च्याम्पियनसिप टुर्नामेन्ट २०७८’ आयोजना गर्ने भएको छ ।यहीँ पौष २७ गते हुने च्याम्पियनसिप टुर्नामेन्ट दिपलव स्नुकर क्लबको बिल्लीयार्ड हलमा हुने आयोजक क्लबका संचालक दिलिप साईले बताउनुभयो ।
टुर्नामेन्टमा बिजेतालाई प्रथम पुरस्कार नगद रु १,०००,००(एक लाख) ट्रफी,मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु ३०,००० ट्रफी,मेडल र प्रमाण पत्र र तृतीय पुरस्कार नगद रु १०,०००(दश हजार) ट्रफी,मेडल र प्रमाण पत्र रहेको छ भने खेलमा हाइएष्ट ब्रेक (ओभर) ७० भन्दा माथि पुर्याउनेलाई नगद रु १५,००० ट्रफी,प्रमाण पत्रको व्यबस्था गरीएको छ ।

साथै उक्त टुर्नामेन्टमा यस पटक गण्डकी प्रदेश भित्रका खेलाडी साथीहरूको लागी मात्र टुर्नामेन्टमा सहभागी गराइएको कास्की जिल्ला बिल्लीयार्ड स्नुकर सघंका अध्यक्ष तथा आयोजक क्लबका संचालक दिलिप साईले पोखरा हटलाइनलाई जानकारी दिनुभयो । साथै आगामी टुर्नामेन्टमा अन्य प्रदेशका खेलाडी साथीहरूलाई पनि सहभागी गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments are closed.