दिप युनाइटेड क्लबको आयोजना र कामना सेवा विकासको सहयोगमा भएको रक्तदान कार्यक्रममा १०२ यूनिट रगत संकलन

पोखरा हटलाइन,

पोखरा १६ दिप -दिपचोकमा दिप युनाइटेड क्लबको आयोजना र कामना सेवा विकासको सहयोगमा भएको रक्तदान कार्यक्रममा १०२ यूनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष मनकाजी गुरुङ्ग, उपाध्यक्ष कार्यक्रमका संयोजक खेमराज आचार्य, वडा १६का जनप्रतिनिधी प्रमुख सल्लाहाकार राजेश गुरुङ्ग साथै क्लबका सदस्यहरु,पोखराका बिभिन्न क्लबहरुको उत्साहाजनक सहभागिता रहेको थियो ।


कोरोनाको महामारीसँगै पछिल्लो समय अस्पतालहरुमा रगत अभावलाई मध्यनजर गर्दै दिपमा स्थानिय दिप युनाईटेट क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका सचिब रामप्रसाद सुबेदिले बताउनु भयो ।
क्लबका सदस्य, स्थानियबासीहरुले, रक्तदान गरेका थिए ।

रक्तदानमा सहभागीताका लागि क्लबले सम्पूणर् स्वास्थ्य मापदण्ड पालना गरिएको जनाएको छ । कार्यक्रममा पोखरा माहानगरपालिका १६ का अध्यक्ष जिवन प्रसाद आचार्य प्रमुख अथिति रहनु भएको थियो । उहाँले क्लबले गरेको कामको खुलेर प्रशंसा गर्दै रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो ।   क्लबका सचिब रामप्रसाद सुबेदीका अनुसार क्लबले हरेक बर्ष हरितालिका तिजको अवसरमा आयोजना गरि संकलन भएको रगत रक्तसचांर केन्द्रमा पठाउने गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना हुने बताउनु भयो । यस कार्यक्रमको ब्यवस्थापन गर्न क्लबका सक्रिय सदस्य प्रदिप गुरुङ्ग (माइला) को ठुलो भुमिका रहेको पनि बताउनु भयो । साथै कार्यक्रममा सहभागी सम्पुणर्लाई धन्यवाद समेत दिनुभएको छ ।

Comments are closed.