काठमाण्डौ, माघ ११ गते
अमेरीकी राष्ट्रपति बाराक ओबामा भारतको भ्रमणका क्रममा दिल्ली आइपुगेका छन् ।
भारतको गणतन्त्र दिवसको मुख्य अतिथीका रुपमा भारत आएका ओबामालाइ दिल्लीको पालम एयरपोर्टमा स्वागत गर्न भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आफै पुगेका थिए ।
आफ्नै बिशेष एयरफोर्सको बिमानबाट भारतको दिल्लीमा करिब सवा नौ बजे अवतरण गरेका ओबामालाई स्वागत गर्न मोदी आफ्नो प्रोटोकल तोडेर गएको कतिपयले भारतिय संचार माध्यमहरुले टिप्पणी गरेका छन् ।
ओबामाको सुरक्षाका लागि भारतिय तथा अमेरीकी खुफिया एजेन्सीहरु पनि सक्रिय भएर लागेका छन् ।
ओबामालाइ आइतबारनै भारतिय राष्ट्रपति निबासमा सम्मानका लागि गार्ड अफ अनर दिइएको छ ।
Comments are closed.