दिवा सेवाका जेष्ठ नागरीकहरुलाई निशुल्क आखा जांच कार्यर्क्रम सम्पन्न

आषाढ ४ पोखरा
आमा मिलन केन्द्र कास्कीको आयोजनामा र नेपाल नेत्र ज्योती संघ,हिमालय आखा अस्पतालको प्राबिधिक सहयोग तथा लायन्स क्लब अफ पोखरा सेन्ट्रल ट्राउन र आमा मिलन बहुउद्धेश्यीय वचत तथा ऋण सहकारी संस्थाका व्यावस्थापनको सहयोगमा जेष्ठ नागरीक दिवा सेवामा आवद्ध ६५ जना जेष्ठ आमा बुवाहरुको आखा चेक जांचमा डा .ईन्द्रमान महर्जन, डा .अन्जु गुरुङ्क,नेत्र सहायक गोबिन्द राज बडु,सबिता घिमिरे, प्रशासकिय अधिकृत कुमार र्गबुजाले सहयोग गर्नु भएको थियो । जेष्ठ नागरीक परिचालन तथा व्यावस्थापन समितिका सह संयोजक तथा आखा शिविरका संयोजक शेष बहादुर थापाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा समन्वयकारी संघ संस्थाहरु नेपाल नेत्र ज्योती संघका सभापती कृष्ण वहादुर गुरुङ्क,गणेश वहादुर ढकाल,महिला जन प्रतिनिधि तथा व्यावस्थापन समितिका सदस्य राधीका शाही,आमा मिलन केन्द्रका अध्यक्ष ईन्दिरा पौडेल, र्निमला घिमिरे,लायन्स क्लव पोखरा मिट्राउनका सचिव प्रेम वहादुर क्षेत्री,आमा मिलन वहुउद्धेश्यीय वचत तथा ऋण सहकारीका प्रवन्ध र्निदेशक ध्रुबराज पौडेल,सल्लाहाकार त्रिभुवन शर्मा लगायतको टीमले जेष्ठ नागरीकहरुको सेवा गर्न पाएकोमा खुशी व्याक्क्त गर्दै आगामी दिनहरुमा पनि समन्वय र सहकार्य गरी यस्ता कार्यक्रम संचालन गर्दै जाने विषयमा प्रतिवद्धता जनाउंदै सहयोगी संघ संस्थाहरुलाई अध्यक्ष ईन्दिरा पौडेलले धन्यवाद दिनु भएको थियो । शिविरमा ६५ जना मध्ये ८ जनाको निशुल्क शल्यक्रिया गर्न सम्वन्धीत सस्थाले अस्पताल संग सल्लाहा गरी निशुल्क शल्यक्रिया गर्ने भएको छ ।

Comments are closed.