दीप यूनाइटेड क्लबको देउसी भैलोबाट ९ लाख २५ हजार संकलन

‘सबै रकम सामाजिक सेवामा खर्च गरिने’

पोखरा–२८, कास्की
पोखरा–१६ कास्कीले विजया दशमीको अवसरमा आयोजित विजया दशमी कप फुटसल प्रतियोगिता प्रतियोगिता र तिहारको अक्सरमा खेलिएको देउसी भैलो कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ । क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा क्लब भवनमा एक कार्यक्रम गरि उक्त आयव्यय सार्वजनिक गरेको हो । दुबै कार्यक्रमको संयोजक प्रदीप गुरूङ माइला रहनु भएको थियो । सहयोगी संघ संस्था बजार भाइखलक, भिमकाली यूवा क्लब, बुद्धटोल यूथक्लब, नया गल्ली यूथ क्लब, नदिपूर युथक्लब, गार्डेन यूवा क्लब, अर्चलबोट यूथक्लब, शीतलादेवी यूथ क्लब, सत्य यूथ क्लब, रत्नचोक यूथ क्लब साथै विभिन्न यूवा क्लबहरु सहयोगी हातहरु, टोलवासी, वडा नं. १६ का जनप्रतिनिधिहरु वडा अध्यक्ष जीवन आचार्य वडा सदस्य राजेश गुरुङ, नेपाली कांग्रेस वडा नं. १६, नेकपा एमाले वडा नं. १६, साथै दीप यूनाइटेड क्लबका वर्तमान तथा निवर्तमान कार्यसमितिका सदस्यहरु, प्रहरी प्रशासन, स्वयम् सेवक लगायत सबैको साथले सबै सम्भव भएको संयोजक प्रदिप गुरुङले बताए ।
क्लबका अध्यक्ष आचार्यले संयोजक गुरूङको सबैलाई समेटेर आफ्नो जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बिशेष क्षमताको खुलेर प्रशंसा गर्नु भएको थियो । साथै सहयोगगी सम्पुर्णमा आभार व्यक्त गर्दै संकलित रकम क्लबको खातामा जम्मा गरिने र रकमको सही सदुपयोग हुनेमा विश्वस्त रहन सम्पुर्णमा आग्रह गर्नु भएको थियो । क्लबका सचिव भिम प्रसाद आचार्यले संचालन गर्नु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मनकाजी गुरूङ सहितका पदाधिकारी, प्रमुख सलाहकार एवं वडा नं १६ का वडा सदस्य राजेश गुरूङ, भवन निर्माण समितिका संयोजक बिष्णु कुमार गुरूङ लगायत क्लबका सदस्यहरूको सहभागीता रहेको थियो ।

Comments are closed.