पाेखरा ९ बैशाख / पाँच बर्षिय बालिका र सोह्र बर्षिय किशोरीलाई ललाईफकाई टिभि हेर्ने तथा किताव किन्ने बहानामा जवरजस्ती करणी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा मनकामना–३ घर भई पोखरा–१५ बस्ने १८ बर्षिय कुमार गुरुङ र चितवन घर भई पोखरा–१७ बस्ने जोवा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले बालिकालाई टिभि हेर्न आफ्नो कोठामा लगि मिठाइ खान दिइ जवरजस्ती करणी गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जानकारी दिएको छ । चौधरीले किशोरीलाई किताव लिने बहानामा कोठामा बोलाई जवरजस्ती करणी गर्ने प्रयास गरेका हुन् ।
प्रहरीले बलात्कार गरेको उजुरीका आधारमा गुरुङलाई बैशाख ६ गते चौधरीलाई प्रहरीले बैशाख ५ गते पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिए । चौधरीलाई प्रहरीले बैशाख ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको प्रहरी नायव उपरिक्षक तथा कास्की प्रहरी प्रवक्ता कृष्ण बहादुर पल्ली मगरले जानकारी दिएका छन् ।
बढ्दै गएका बलात्कारका घटनाप्रति चिन्ता
पछिल्लो समय बढ्दै गएको बलात्कारका घटनाप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । बलात्कार हुनबाट जोगिन तथा जोगाउनका लागि समाजमा चुनौतिको रुपमा रहेको उनहरुले बताएका छन् । बलात्कार रोक्नका लागि केके गर्न सकिन्छ भन्ने विषयमा कास्कीका सरोकारवालाहरुले मंगलबार अन्तक्र्रिया गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले थालेको तिनमहिने अल्पकालिन कार्ययोजना अन्तरगत जवरजस्ती करणी अपराध नियन्त्रण अभियानका रुपमा छलफल गर्दै बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
जवरजस्ती करणी अपराध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने अभिभावक सचेत हुनुपर्ने, पिडित मैत्री सामाजिक बातावरणको लागि सहयोगी निती ल्याईनुपर्ने लगायतका सुझाव सहभागीले दिएका छन् । समाजका व्यक्तिहरुको सोंच र कामलाई सकरात्मक बनाउन सके पनि यस्ता घटनामा कमी आउने राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका प्रमुख टिकाराम पोख्रेलले बताए ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले महिला र बालबालिकालाई हेर्ने दृष्टिकोण र सामाजिक संस्कारले पनि बलात्कारका घटनालाई बढवा गर्न सहयो गरेको भनाई राखे । छलफलमा विभिन्न महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, प्रहरी प्रशासन, आमा समुह, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायत सहभागी थिए ।
Comments are closed.