चैत २७ गते/ भारतका नामी ज्योतिषहरुले बैशाखको अक्षय तृतीया एक सय ९१ बर्ष यताको सबैभन्दा शुभ दिन रहने वताएका छन् ।
बैशाख मासको शुक्ल पक्षको अक्षय तृतीय बैशाखको ८ गते मंगलवारको दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा आउनेछ । उक्त दिन बिहानदेखि रातीसम्म शुभ संयोग रहने ज्योतिषहरुले जनाएका छन् । यस दिनमा मंगल कार्य, दान, भवन निर्माण र सवारी खरिदका लागि उत्तम रहेको छ ।
उक्त दिन बिहान सवा ६ बजेदेखि दिउसो पौने १२ बजेसम्म सर्वार्थ सिद्धि र दिउसो १२ः५८ बजेदेखि सूर्यास्तसम्म रवि योगको विशिष्ट संयोग रहेको छ ।
भारतका प्रखर ज्योतिष पंडित अमर डब्बावालाका अनुसार सोही दिन दिउसो मंगलादित्य र बुधादित्यको महायोग पनि रहेको छ ।
मुहर्त तथा योगको यस्तो अद्धितिय संयोग धेरै बर्षमा मात्र आउने ज्योतिषहरु वताउछन् । यो शुभ अवसरमा विवाह, गृह प्रवेश, गृह आरम्भ, उपनयन संस्कार, नयाँ वस्तुहरुको खरिद र अझ त्यसमा पनि सुन र पीत्तलको खरिद अत्यन्तै फलदायी हुन्छ ।
यो दिन भएका शुभ कार्यले अरु बेला भन्दा तीन गुना बढी फल दिने धार्मिक बिश्वास रहीआएको छ । यस दिन खरिद गरेको बस्तुले स्थायी समृद्धि प्रदान गर्नेछ ।
धर्म शास्त्रका अनुसार यस दिनमा घरमा जल भरिएको कलशमा सुगन्धीत द्रब्य र जौ हालेर, त्यसमा ऋतुफल हाली भगवान बिष्णुका साथै अन्य देवताहरुको नाम सम्झेर पुजा गरी ब्राम्ह्णलाइ दान गर्नुपर्छ । त्यसैगरी पितृको तृप्ति तथा प्रसन्नताको लागि ग्रहस्थ ब्राम्ह्णलाइ जलले भरिएको कलशमा कालो तिल राखेर त्यसमा बीजयुक्त फल राखी दान गरेमा सुःख र समेद्धि मिल्नेछ । एजेन्सीहरु
Comments are closed.