————————————— देशको प्रगति र जनताको मुक्ति सवैको सपना हुने गर्छ। आन्दोलनमा लाग्दा यी वाक्य धेरै ले दोहर्याउछन। जव आन्दोलन सफल हुन्छ सवै कुरा सिंहदरवार छिर्दछ। सिंहदरवार छिरे पछि पहिले अाफ्नो प्रगति र परिवारको मुक्तिको लागि पुरै समय खर्चन्छन। त्यतिवेला त्याहा जनता पनि हुदैन। राष्ट्र र राष्ट्रियता पनि हुदैन। घात प्रतिघात केही पनि हुदैन। मिलीजुली राष्ट्र दोहनको नीति निर्माण गर्छन। यो क्रम देश र जनताले भोग्दै आएको पनि छ दशक भन्दा वढी हुन थालिसक्यो।तर टुटदैन यो श्रीखला।आज देश संघीयताको नाँउमा विभाजन गरिएको छ। विकासको लागि तल्लोतह संम अधिकार पुर्याउने वाटो भनिएको संघको निर्माण नेताहरूको स्वार्थपरक नीतिको कारण दुनिया खेल्ने आगन वनेको छ। अरूलाई आरोप लगाउछन। तर आफूहरू एक ठाउमा उभिन सक्दैनन। “भाई फुटे गॉंउ लुटे ” भने झै भएको छ। भाई भाई लडछन। छिमेकीको हप्की खान्छन। एउटा एकातिर अर्को अर्कोतिर लाग्छन। आफूले आफैलाई राष्ट्रवादी भन्छन। पदका लागि सवै कुरा विर्सन्छन।राष्ट्रघात थाहै नपाई गरिरहन्छन। यही रोगले ग्रसित मनोरोगीहरू हरेक दलहरूमा वढेका छन। यसको प्रत्यक्ष असर देश र जनतामा पर्दछ भन्ने चेतनाको पनि कमी छ। यी सवैकुराले विदेशी हस्तक्षेप बढेको हो। तराई मदेशको प्रदेश नंम्वर दुईका केही क्षेत्रीय पार्टीहरूले विसं २०७२ को संविधान सभाले जारी गरेको संविधान प्रति असन्तुष्टी जाहेर गरे। तराइमा आन्दोलन गरे। यही मौका छोपेर भारतले आफ्नो स्वार्थ सिद्ध गर्न पॉंच पॉंच महिना संम नाकावन्धी संम लगायो। यदी संविधानमा भएका कमी कमज़ोरीहरू सच्च्याउन दलहरू वीच छलफल र सम्वाद वढाउदै प्राप्त उपलव्धीको रक्षा तर्फ लागेको भए भारतले यति विघ्न हेप्न सक्ने थिएन। जव दलका नेताहरू लाईन लागेर दिल्ली धाउन थाले। मोदीको आर्शिवाद थाप्न थाले। यही मौकामा उसले अर्ति वुद्धि दिनु स्वभाविक हो। यसमा मेरो थोरै, तेरो धेरै दोष छ भनेर कोही उम्कन मिल्दैन। आज सविधान संसोधनका नाउमा मिलेर वसेका जनतालाई सडकमा उत्रन वाध्य पारियो यो एउटा अतिवाद हो। अल्पमतमा रहेको त्यसमा पनि संसदको तेस्रो पार्टिको नेतृत्वको सरकारले कुनै पनि निर्णय लिदा दश पटक सोच्नु पर्दछ। त्यता पट्टि ध्यान नदिई जसको माग सम्वोधन गर्न भनेर संसोधन प्रस्ताव दर्ता गरियो उसैले अस्वीकार गर्ने कस्तो प्रस्ताव हो। “टाउको दुखेको छ नाईटोमा ओखती “लगाउने काम गर्नु नै अतिवाद हो। सरकार जिम्वेवार भएर संसदमा दर्ता गरिएको संविधान संसोधन प्रस्ताव तुरून्तै फिर्ता लिएर सहमतिको खोजी गर। सव भन्दा राम्रो वाटो त्यही हो। अर्को तिर प्रतिपक्षीदलहरू पनि उत्तिकै जिम्वेवार हुनु जरूरी छ। अतिवादको विरूद्ध अतिवाद हुनै सक्दैन। सम्वाद , शान्तिपूर्ण धर्ना ,जुलुस , अन्नसन र संसद घेराउ जस्ता शान्तिपूर्ण आन्दोलनको वाटो प्रयोग गर्नु पर्छ।ढुगा,मुंडा,चक्काजाम ,वन्द हडताल र टायर वाल्ने जस्ता जनतालाई नै असर पुग्ने अान्दोलन वन्दगर्नु पर्दछ। यसले तेस्रोअतिवादीलाई स्वागत गर्न सक्छ।जसले मुलुकलाई पुन: मुठभेड र अस्थिरता तर्फ लैजान्छ। यदी दलहरूले समयमै सोच्न सकेनन र आन्दोलन चर्कदै गयो भने अहिले संम का सवै उपलव्धी समाप्त हुन वेर लाग्दैन। यी उपलव्धीलाई समाप्त पार्न तेस्रो अतिवादी शक्ति ढोका कुरेर वसेको छ भन्ने कुरा नविर्सौ।
Comments are closed.