पोखरा, २१ कात्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी कास्कीका राजनीतिक दलहरु चुनावी प्रचारमा लागेका छन् । उम्मेदवारहरु यतिवेला कार्यकर्ता भेटघाट, छलफल÷अन्तरक्रिया र घरदैलोमा व्यस्त छन् । पार्टी एकता गर्ने लक्षका साथ चुनावी तालमेल गरेका वाम गठवन्धनका उम्मेदवारहरु यतीवेला दुई फरक चुनाव चिन्हमा मत माग्न थालेका छन् ।
कास्की क्षेत्र नं एकको वाम गठवन्धनका उम्मेदवारहरुले आफ्ना कार्यकर्तालाई निर्धक्क भएर गोलाकार भित्रको हसिया हथौडा र सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । कास्की क्षेत्र न. एकवाट प्रतिनिधि सभाका प्रतक्ष तर्फका उम्मेदवार खगराज अधिकारीले नेकपा एमाले र माओवादी केन्द्र दुवै पार्टी क्रान्तिकारी भएकै कारण पार्टी एकताका लागी चुनावमा एकै ठाउमा उभिएको वताए । साम्यवादमा पुग्ने लक्षका साथ वाम एकता हुन लागेको भन्दै उनले त्यसका लागी आाफूले हसिया हथौडामा भोट माग्नु परेको वताए । माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र न. एक ‘क’ का प्रतक्ष तर्फका उम्मेदवार दिपक कोईरालाले सिथर सरकारले मात्र आथिृक समृद्धीको ढोका खोल्न सक्ने भएकाले निर्धक्क भएर वाम तालमेल अनुसार नै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
एमाले सल्लाहाकार परिषद का उपाध्यक्ष समेत रहेका उनले वामगठवन्धन वााटै वन्ने सरकारले मात्र मूलुकको आर्थिक समृद्धी र स्थिरता कायम गर्न सक्ने वताए । उनले मुलुकको सासन व्यवस्थामा समावेसी, समानूपातीक व्यवस्था स्विकार्दा कांग्रेसले त्यसलाई अधिनायकवादको संज्ञा दिने गरेको धारणा व्यक्त गरे । संविधानमा उल्लेख गरिएका आवधिक निर्वाचन, मौलिक हक जस्ता कुराहरुले अधिनायकवाद हुन नसक्ने उल्लेख गदैृ उनले वर्तमान सरकारले नै मन्त्रीहरुलाई विना विभागीए वनाएर , निर्वाचनका वेला राज्यसत्ताको दुरुपयोग गर्दै मन्त्री हरुले झण्डा हल्लाएर चुनावी प्रचार गर्नु नै अधिनायकवाद भएको दावी गरे । गठवन्धनवाट मुलुक समाजवादमा प्रवेस गरेको वताउदै माओवादी केन्द्र कास्कीका सह ईन्चार्ज समेत रहेका कोईरालाले सर्वहारावर्गको अधिनायकत्व लागु गरेरै छाड्ने वताए ।
कास्की क्षेत्र नं एकका प्रदेश सभा क्षेत्र न. ‘ख’ का प्रतक्ष तर्फका उम्मेदवार मनवहादुर गुरुङले यहाको प्राकृतीक साधन र मानवयि साधनको उचित व्यवस्थापनले वेरोजगारीको अन्त्य गर्दै मुलुक आथिृक समृद्धी तर्फ अघि वढ्ने वताए । यहाको कृषि, पर्यटन जलस्रोतको यथोचित प्रयोग चार नं प्रदेशलाई धनी प्रदेशका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरे । उनले आगामी पाँच वर्षमा नेपालको अर्थतन्त्रलाई विदेशी मूलुक सरह वनाउन सकिने वताए ।
कास्की क्षेत्र नं एकका वामगठवन्धन तर्फका निर्वाचन परिचालन कमीटिका संयोजक श्रीनाथ वरालको अध्यक्षतामा भएको कार्यक्रममा दुई हजार एक सय २१ जना सदस्य रहेको निर्वाचन परिचालन कमीटि गठन भएको छ । जसको संयोजकमा श्रीनाथ वराल रहेका छन् । क्षेत्र नं एकको प्रदेश क तर्फ एक हजार एक सदस्य र ख तर्फ एक हजार पाँच सदस्य रहेको प्रदेश स्तरीय निर्वाचन परिचालन कमीटी गठन भएका छन् । भेलाले विभिन्न् उपसिमित समेत गठन गरेको छ ।
Comments are closed.