दुर्इ दिने बन्दले जनजीवन प्रभावित

पाेखरा ७ भदाै
नेपाल आदिवासी जनजाति महासंघले आव्हन गरेको दुईदिने बन्दको  अाज दाेस्राे दिन पनि पाेखरा लगायत गण्डकी धाैलागिरीमा पनि आज बिहानैदेखि प्रभाव परेको छ । संविधानको नयाँ मस्यौदाको विरोध गर्दै महासंघले अाइतबार र साेमबार दुई दिनका लागि बन्द आव्हन गरेको हो ।  बिहानैदेखि पोखरामा गाडी चलेका छैनन् भने शिक्षण संस्था समेत बन्द छन् । परिक्षार्थीका लागि पनि प्रवेशपत्र हेरेर जान दिइएकाे छ ।

????????????????????????????????????

पोखराको सडकमा सवारीसाधन  चलेका छैनन् ।अत्यावश्यकीय सवारीसाधनलाई भने बन्दमा चल्न दिईने महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले बताए ।विगतमा गरेको सहमति र अन्तरिम संविधानको भावनाविपरीत नयाँ संविधान ल्याउन लागिएको भन्दै विरोधस्वरुप महासंघले बन्द आव्हन गरेको हो । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, मानवअधिकार, खानेपानी बोकेका गाडी चल्न पाउनेछन् ।

हिजाे पाेखराकाे  सृजनाचोकमा जर्बजस्ती बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारीलाई स्थानीयले लेखेटेका थिए भने  नेपाल  बन्द सँधैका लागि बन्द गर्न माग गर्दै र्‍यालिसमेत निक्लिएकाे थियाे ।    खुलिरहेका पसल बन्द गराउन खोजेपछि बन्द गर्न नहुने बताउँदै व्यवसायीले बन्दकर्तालाई लेखेटेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले बताए । पर्यटक बस पनि फर्काइएको भन्ने सुनेपछि आफुहरुलाई यस्तो कार्य सह्य नभएको र चित्त नबुझेको उनको भनाई छ । बन्द गरेर अहिलेसम्म कुनै उपलब्धि भएको उदाहरण नभएकाले बन्दको विकल्प खोज्न पनि उनले आग्रह गरे । अाज भने त्यस्ताे कुनै घटना भएकाे छैन । संविधानको नयाँ मस्यौदाको विरोध गर्दै आज र भोली दुई दिनका लागि आव्हन गरिएको बन्दको प्रभाव काठमाडौंमा पनि कम परेको छ ।

उपत्यकामा बन्दको प्रभाव न्यून

 नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दको प्रभाव उपत्यकामा न्यून देखिएको छ । निजी सवारी साधन चलेका छन् । सार्वजनिक सवारी साधन भने केही कम चलेका छन् । बजारहरु पनि खुलेका छन् । प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ । यसअघि आइतबार पनि बन्दको सार्वसाधारणले स्वस्फूर्त उल्लंघन गरेका थिए ।

प्रदेशहरुको सीमाकंन पहिचानमा आधारमा हुनु पर्ने, जनजाति आयोग बनाउनु पर्ने लगायतका माग राख्दै जनजाति महासंघले आइतबार र सोमबार नेपाल बन्द आह्वान गरेको थियो ।

गुल्मीमा बन्द फिर्ता

आदिवासी जनजाति महासंघले गरेको नेपाल बन्द गुल्मीमा फिर्ता भएको छ । संघले गुल्मीमा पत्रकार सम्मेलनको आयोजना गरी सोमबारको गुल्मी बन्द फिर्ता लिएको हो । दुई दिने नेपाल बन्द अन्र्तगत सोमवारको बन्द गुल्मी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ नागरिक समाज र मानबअधिकार कर्मीको आग्रहमा बन्द फिर्ता लिएको आदिवासी जनजाति महासंघ गुल्मीका अध्यक्ष गनबहादुर गुरुङ्गले जानकारी दिए ।

बन्द फिर्ता भएसगै गुल्मीमा बिहानैदेखि चहपहल बढेको छ । जिल्लामा रहेका बजार, यातायात बिद्यालयहरु सुचारु भएका छन् । गुल्मी बन्द फिर्ता भएपनि अन्य जिल्लामा जारी रहेको बन्दका कारण लामो दुरीका सवारीका साधनहरु भने छुटेका छैनन् ।

Comments are closed.