दुर्घटनाका घाइतेलाई रेडक्रस बैदामको सहयोग

पोखरा, २० मंसिर । नेपाल रेडक्रस सोसाइटी बैदामले सवारी दुर्घटनामा घाइते भएकालाई आर्थिक सहयोग गरेको छ । विपद् व्यवस्थापन कोषबाट हेटौडा घर भई पोखरा ६ बैदाम बस्ने मिलन तामाङलाई कोषबाट ५ हजार आर्थिक सहयोग गरिएको रेडक्रस बैदाम उपशाखाका अध्यक्ष गिरिराज अधिकारीले बताउनुभयो ।

बैदाममा गत मंसिर १ गते मोटरसाइकल दुर्घटनामा परि तामाङ घाइते भएका थिए । उनको पारिवारिक अवस्था कमजोर रहेकाले आफुहरुले विपद् व्यवस्थापक कोषबाट सो रकम सहयोग गरेको सहसचिव तुलसी दाहालले बताउनुभयो ।

तामाङको टाउकोमा गम्भिर चोट लागेको छ, उनको उपचारमा अहिलेसम्म ९ लाख खर्च भईसकेको जनाइएको छ । तामाङको उपचार नेपाल रेडक्रस सोसाइटी बैदामका सचिव सुर्यनाथ पहारीको सहयोगमा भईरहेको छ । सचिव पहारीले जवानी बसेर उपचार गराईरहनुभएको र उपचारको लागि सहयोग पनि संकलन भईरहेको रेडक्रस बैदामका सहसचिव दाहालले बताउनुभयो ।

Comments are closed.