दुचीटोलमा पिच निर्माण समितिको अध्यक्षमा भट्टचन

पोखरा, ९ भदौ ।
पोखरा उपमहानगरपालिका वडा नं.१० को दुचीटोलमा बिहीवार भएको भेलाले पिच निर्माण समिति गठन भएको छ । भेलामा प्रमुख अतिथि दुचीटोलका अग्रस समाजसेवी चिन कुमारी गुरुङ्गले पिच निर्माण गर्नको लागि वहाँको छोरी र परिवारबाट समितिलाई नगद ५ लाख प्रदान गर्नुभएकोमा समितिका अध्यक्ष किरण प्रसाद भट्टचनले खादाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले आवश्यकता अनुसार सहयोग गर्ने बताउँदै सबै मिलेर पिच निर्माणको लागि सबैले खुलेर सहयोग गर्न आग्रह गर्नुभएको थियो । भेलामा विशेष अतिथि टोल विकास संस्था पोखरा १० का अध्यक्ष सम्मर बहादुर श्रेष्ठले पिच बनाएर मात्र हुँदैन, पिच धेरै बलियो र धेरै समय टिक्ने खालको बनाउनु पर्ने बताउँदै यस काममा आफूले लामो समय टिक्ने खालको बलियो पिच रोड बनाउने प्रतिवद्धता व्यक्त गर्ने भेला सफलताको शुभकामना व्यक्त गर्नुभयो । भेलाले पिच निर्माणको कार्य ठेकेदार सम्मर बहादुर श्रेष्ठलाई जिम्मा दिने समेत निर्णय गरेको छ ।
कार्यक्रममा अर्का विशेष अतिथि टाँड नगरपालिकाका नगर प्रमुख काशिराम गैरेले पिच बनाउनु ठूलो कुरा होइन, यसलाई दिगो तरिकाले टिक्ने खालको बनउानु पर्ने बताउँदै यस पवित्र कामको लागि एउटा नगरपालिकाको प्रमुखको हैसियत र मेरो घर पनि यसै दुचीटोलमा भएको हुनाले मैले पनि यसमा सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य हो भनेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा अतिथि पुन समाजका प्रतिनिधि नर बहादुर पुनले पुन समाजको तर्फबाट र आफ्नो तर्फबाट यस दुचीटोलको पिच निर्माण गर्ने सम्बन्धमा सक्दो सहयोग गर्नु प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा कोषाध्यक्षद्वारा वर्षभरिको आयव्यय प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष दिल बहाुदर रानाले आफूले कोषाध्यक्षको अभिभारा सकुसल ढङ्गले निभाउने बचनवद्धता प्रकट गर्नुभएको थियो ।
पोखरा उपमहानगरपालिकाको नियम अनुसार पिच निर्माण गर्नको लागि छुट्टै समिति गठन गर्नुपर्ने भएकाले सो भेलाले किरण प्रसाद भट्टचनको अध्यक्षतामा पिच निर्माण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा तोविलाल नेपाली, सचिवमा रिता खाँण, सहसचिव दलनारायण मानन्धर, कोषाध्यक्ष दिल बहादुर राना र सदस्यहरुमा धनकाजी गुरुङ, मनमाया नेपाली, केशरी मास्की, हिरामाया राना, तुल बहादुर पुन, टिका कुमारी राना, राम बहादुर खत्री, सु.तोरण बहादुर गुरुङ्ग, सुशीला के.सी., पहल सिंह थापा, अमृता मल्ल रहनुभएको छ ।
कार्यक्रममा समितिका अध्यक्ष किरण प्रसाद भट्टचनले समितिमा रहेर यसप्रकारको समाजसेव ीबनेर समाजको सेवा गर्न पाएकोमा आगामी दिनमा पनि थुप्र्रै कार्यक्रमहरु ल्याएर समाजको विकास तथा दुचीटोलको समृद्धिको लागि लागिरहने प्रतिवद्धता व्यक्तगर्नुभएको थियो ।
दुचीटोल विकास समिति अध्यक्ष किरण प्रसाद भट्टचनको अध्यक्षतामा भएको भेलाको संचालन सचिव ढाकाराम पौडेलले गर्नुभएको थियो ।

Comments are closed.