देउराली दर्शन गरेर सुरु भयो माछापुच्छ्रे कांग्रेसको चुनावी अभियान

कास्की,
नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाले आज(आइतबार)देखि औपचारिक चुनावी अभियान सुरु गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका उम्मेदवारहरुले सार्दीखोस्थित काभ्रे गाउँको देउराली मन्दिरको दर्शन गरेर प्रचारप्रसार एवं घरदैलोको औपचारिक सुरुवात गरेका हुन् । नेपाली कांग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिका अध्यक्ष उम्मेदवार मिन बहादुर गुरुङ र उपध्यक्ष उम्मेदवार सिता अधिकारीले संयुक्त रुपमा अभियान शुभारम्भ गरे । अभियानको सुरुवात गर्दै अध्यक्ष उम्मेदवार गुरुङले गाउँपालिकाको समृद्धि र विकासकालागि उम्मेदवारी भएको जनाए । लोकप्रियता र प्रचारवाजीकालागि नभएर पालिकामा सूशासन र व्यवहारिक उपलब्धिकालागि उम्मेदवारी दिएको बताए । उपलब्ध स्रोतहरुको सहि व्यवस्थापन हुन नसक्दा पालिका पछि परेको उल्लेख गर्दै उनको स्रोतको सहि व्यवस्थापन र सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले महिलाहरुको हकहितका लागि कुनै गुनासो नरहने गरि काम अघि बढाउने बताइन् । न्याय सम्पादनमा पालिकालाई अब्बल बनाउँदै योजनाबद्ध रुपमा दिर्घकालिन रुपमा छाप रहने गरि कार्य गर्ने उनले दाबी गरिन् ।
देउराली दर्शनपछि उम्मेदवारहरुले मतदाता भेटघाट सुरु गरेका थिए । नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाका सभापति विरेन्द« गुरुङ्गले मतदाताको आकर्षण कांग्रेसमा बढ्दै गएको उल्लेख गर्दै विजय सुनिश्चित रहेको जनाए । पालिका अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडामा मतदाताले कांग्रेसलाई नै जिताउने उनको विश्वास छ ।
नेपाली काँग्रेस माछापुच्छ्रे –२का कार्यवाहक सभापति छविलाल गरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन परिचालन समिती संयोजक खुशीमान गरुङ्ग,माछापुच्छ्रे – २ का प्रचारप्रसार संयोजक मुम्जमान गरुङ्ग, जिल्ला प्रतिनिधि सुदोय गौतम, क्षेत्रिय सचिव मेख बहादुर क्षेत्री लगायतले उम्मेदवारहरुलाई शुभकामना व्यक्त गरेको मिडिया संयोजक विजय लम्सालले जानकारी दिए । अभियान शुभारम्भको अवसरमा कांग्रेसका तर्फबाट वडाहरुका उम्मेदवारहरु, नेता, कार्यकर्ता लगायत शुभेच्छुकहरुको उपस्थिती थियो । साथै, उक्त कार्यक्रममा ५ जना एमालेमा आवद्धहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

 

Comments are closed.