देशकाे पिडामा भक्कानिएर राेए प्रेमराजा महत (भिडियाेसहित)

IMG_5475बैशाख २६/देश दुखेको पीडा सबैलाई बराबर छ | सबैले आ-आफ्ना बेदना आ-आफ्ना तरीकाले ब्यक्त गरिरहेका छन् | बरिस्ठ लोक गायक प्रेमराजा महतले पनि मुटुभित्रको पीडालाई वेदनाको गीत मार्फत ल्याएका छन् । उनकाे गीतले अंग अंग दुखेकी नेपाल आमालाई सम्झदा आफू भक्कानिदै रोएको र रुदा रुदा आँशु सुकेको व्यथा कहेको छ | बिरहमा देश दुखेको बेला महतले नेपाल आमालाई लागेको यो घाऊ देशका छोराछोरीहरुले सन्चो बनाउने प्रतिबद्धता गीत मार्फत ब्यक्त गरेका छन् ।

जन्मभूमि नेपाललाई संसारकै  राम्री बनाउने कशम पनि महतले गीत मार्फत खाएका छन् ।  नेपालमा भूकम्प गएको १३ औं दिनको दिन यो बेदना गीत सार्बजनिक गरेका हुन्।   बाल्टिमोर स्थित नेपाल हाउस रेस्टुरेन्टमा गरिएको एक कार्यक्रममा महतले उक्त गीत सार्बजनिक गरे ।  उक्त कार्यक्रममा महत लगाएत कलाकारहरुको समूहले नेपालमा भूकम्प गएको त्यो दिनको सम्झना गर्दै स्वर्गिय आत्माहरुको चीर शान्तिको कामना गर्यो |  तीन मिनेट ९ सेकेन्डको यो बेदना गीत द नेपाल टुडेले सोही कार्यक्रममा  खिचेको हो |

IMG_5500सोहि कार्यक्रममा बोल्दै  मेरील्याण्ड तथा पेन्सिलभेनिया  राज्यका लागि अवैतनिक राजदुत समेत रहेका महतले यो दु:खको  घडीमा नेपालीहरुले प्रदर्शन गरेको अदभुत एकताको प्रसंसा गरे । उनले संघ संस्था र व्यक्ति व्यक्तिले गरेको चन्दा सहयोगले भूकम्पका प्रत्यक्ष पिडितहरुले  राहत पाएको बताए । नेपालमा उद्धार कार्यमा सक्रिय आफ्ना छोरा डाक्टर सरगम महत मार्फत आफूले प्रत्यक्ष रुपमा पिडितहरुलाई सहयोग गर्न पाउँदा बिदेशमा नै भएपनि सन्तुस्टी मिलेको महतले बताए ।

 

 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

Comments are closed.