देशभर बर्षा र हिमपात

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पोखरा सहित गण्डकी प्रदेशका अधिकांश स्थानमा बुधबार बिहानबाट वर्षा भएको छ ।मौसम पूर्वानुमान महाशाखाले  अनुसार  पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा पोखरा, काठमाडौं उपत्यका लगायत देशैभर वर्षा भएको र  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको  जनाएको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ ।महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।

Comments are closed.