देशभर भारी वर्षा हुने

पोखरा हटलाइन,

हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले भारी वर्षा हुने विभागको भनाइ छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्विनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।

Comments are closed.