दोस्रो डोजको प्रतीक्षामा रहेका जेष्ठ नागरिकले साउन २५ गतेबाट खोप लगाउन पाउने

भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो।

कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकहरुलाई सरकारले यही साउन २५ गते सोमबारबाट खोप लगाउने भएको छ ।दोस्रो डोजको प्रतीक्षामा रहेका ६५ वर्ष माथिका करिब १३ लाख ३८ हजार जेष्ठ नागरिकले साउन २५ गतेबाट खोप लगाउन पाउने सरकारले जनाएको हो ।आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको छ। खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ। दुवै देशबाट भोलि र पर्सिसम्म खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन्। नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भएको छ,भुटानले शुक्रबार एस्ट्राजेनेकाको तीन लाख डोज खोप पठाएको तथा जापानले दिने १६ लाख डोज खोप शनिबार आउने भएकाले साउन २५ गतेदेखि दोस्रो डोज खोप दिने मिति तय गरिएको हो ।स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जापानले दिने खोप शनिबार र आइतबार दुई लट आउने भएकाले खोप लगाउने मिति तय गरिएको जानकारी दिनुभयो ।

Comments are closed.