दोस्रो शुभकामना कपको उपाधि सत्यलाई

पोखरा, ८ बैशाख ।
हेमजा युनाईटेडको आयोजनामा पोखराको हेम्जामा भएको दोस्रो शुभकामना कपको उपाधि सत्य युवा क्लब बाँझापाटले जितेको छ ।
सहारा क्लब र सत्य युवा क्लबबीच सोमबार भएको फाईनल खेलमा सहारालाई २–० ले हराउदै उपाधि जितेको हो । उपाधिसँगै सत्य युवा क्लबले नगद एक लाख एक हजार एक सय एघार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सहाराले उपविजेता बन्दै नगद ५५ हजार पाच सय ५५ साथमा ट्रफि, मेडल प्रमाणपत्रमा नै चित्त बुझायो ।

प्रतियोगितामा उत्कृष्ट कोच नयाँ गोरख गणका डम्मर तामा·, अनुशाशिति टिममा नयाँ गोरख गण, उत्कृष्ट गोलरक्षक सत्य युवा क्लवका सागर गुरुङ, उत्कृष्ट स्टाईगर साहार क्लवका सिद्धार्थ रञ्जित, उत्कृष्ट खेलाडी साहाराका सुलेमान थापा, सर्वाधिक गोलकर्ता एपेक्स क्लव वीका सुनिल सुवेदी उत्कृट डिफेन्स साहारा क्लवकै मनिष श्रेष्ठ, उत्कृष्ट मिल्ड फिल्डरमा सत्य युवा क्लवका शुशिल लामा बने। युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित नकआउट फुटबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए ।

Comments are closed.