द युनाइटेड गोल्ड मार्टका संचालकसहित अबैध सुन तस्करी गिरोह सार्वजनिक

logo

पाेखरा २६ फागुन । अवैध सुन तस्करी गरेको अभियोगमा द युनाइटेड गोल्ड मार्टका संञ्चालकसहित व्यापारी, मध्यस्थकर्ता र भरीयासम्मलाई सोमबार काडमाडौंमा प्रहरीले सार्वजनिक गरेको छ । संगठित रुपमा अवैध सुन तस्करी र पैठारी संचालन गर्ने १४ जनाको गिरोहमध्ये द युनाइटेड गोल्ड मार्ट पसल संचालक पोखराका आकाशकुमार बज्रचार्यसहित ९ जनालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

उनीहरुबाट सात किलो ५९ ग्राम सुन र ३० लाख नेपाली रुपैंया बरामद भएको अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाले जनाएको छ । सो सुनको नेपाली बजार मूल्य तीन करोड ३३ लाख ४० हजार बराबर हुन आउँछ । पोखराका बज्रचार्य, इलामका बालकृष्ण अग्रवाल रहेका छन् अर्का लगानीकर्ता झापामा सावरमह जोधानीभने फरार रहेको प्रहरीले जनाएको छ । यसैगरी मध्यस्थकर्ता र भरिया प्रविण तिमल्सिना, देउता तिमल्सिना, महोन चौधरी, रामराज चौधरी, नारायण चौधरी, विशाल चौधरी छन् । ध्रुब तिमल्सिना, मिलन तामाङ, श्रीराम चौधरी र जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ ।

Comments are closed.