काठमाडौ, जेष्ठ ३१ – एम्नेष्टी नेपालको ११ सदस्यीय कार्यसमितिका ८ जनाले राजीनामा दिएका छन् । राजीनामा दिनेमा उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र ५ कार्यसमिति सदस्य छन् ।
उनीहरुले एम्नेष्टी ईन्टरनेशनलको नीतिप्रति असन्तुष्टि जनाउदै राजीनामा दिएको विज्ञप्तीमार्फत जनाएका छन् । एम्नेष्टी ईन्टरनेशनलले सीके राउतप्रति सदायता राखेको तर आमरण अनशनकै क्रममा ज्यान गुमाएका नन्दप्रसाद अधिकारीबारे चासो नदेखाएको भन्दै असन्तुष्ट उनीहरु संस्थाबाट अलग भएका हुन् ।
राजीनामा दिने पदाधिकारीमा उपाध्यक्ष प्रताप पौडेल, महासचिव डिकप्रसाद घिमिरे, कोषाध्यक्ष प्रविन अग्रवाल र सदस्यहरु अर्जुन अधिकारी, पद्मिनी थापा, मञ्जुदेवी अर्याल, शेषकुमारी निरौला र हेरम्बदेव भट्टराई छन् । यसअघि यस्तै कारण देखाएर पूर्व सभापति कृष्ण पहाडी र कृष्ण कँडेलले पनि राजीनामा दिइसकेका छन् ।
Comments are closed.