पोखरा ३ मंसिर । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले धार्मिक र साँस्कृतिक सम्पदाहरु राष्ट्रको सम्पत्ति भएको बताएकी छन् । उनले धार्मिक र सांस्कृतिक सम्पदाहरु सम्पत्ति भएकाले संरक्षण त्यसको संरक्षणमा महानगरले जोड दिएको बताइन् । पोखरा महानगरपालिका वडा नम्वर १८ स्थित पल ङाध्युर साङ्ङाय् छ्योइलिङ गुम्बामा आयोजना गरिएको “म्हनि धुङध्यूर थुग्ज्ये छेयन्पो खोर्लो”को उद्घाटन गदै उपप्रमुख गुरुङले महानगरपभित्र रहेका धार्मिक र साँस्कृतिक सम्पदाहरुको संरक्षणका लागि महानगर लागि परेको बताइन् । उनले मठ, मन्दिर र गुम्बाहरुको संरक्षण गर्नुपर्ने बताउदै भनिन,‘धार्मिक सम्पदाको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सवैको हो ।’ उनले बृद्ध शिक्षाले सवै मानव जीवनको कल्याण गर्ने बताउदै हिंसा,कुण्ठा, लोभ र कसैको अहित हुने काम गर्न नहुने बृद्ध शिक्षा हो सन्देश हो उनले भनिन, ‘बुद्ध शिक्षालाई आत्मसाथ गर्न सके सुखी नेपाली, समृद्ध नेपालको मार्गमा अगाडी बढन सकिन्छ ।’ कार्यक्रममा पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले गुम्बाले पर्यटन प्रवद्र्धनमा भुमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले सराङकोट पर्यटकीय क्षेत्र भएकाले पर्यटन विकासमा गुम्बाले सहयोग पुग्ने बताए । उक्त गुम्बामा भगवान बृद्धको देव अवतरण तिथिको साथै बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण दिनको अवसवरमा १३ फुट १० ईन्च मोटाई, ५ फुट ४ इन्च उचाई, १६ सय केजी तौल र १ अरव २५ करोड ४० लाख मन्त्र संख्या सहितको नवनिर्मित “म्हनि धुङध्यूर थुग्ज्ये छेयन्पो खोर्लो” को उपप्रमुख गुरुङले उद्घाटन गरिन् । उपप्रमुख गुरुङले सोही कार्यक्रममा गुम्वालाई दश हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरिन् । दीपक गुरुङले गुम्वाको स्थापना लगायत बुद्ध धर्मका बारेमा बोलेका थिए भने कार्यक्रम गुम्बाका गुरु लामा धोर्जे लोपेन (गुप्ती गुरुङ)को अध्यक्षतामा भएको थियो ।
Comments are closed.